पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँको कार्यकक्षमा तालाबन्दी गरेको छ ।
नगरसभामा बहुमत सदस्य सहभागी भए पनि मेयर आचार्यले १६औँ नगरसभा स्थगित गरेको भन्दै कांग्रेसले तालाबन्दी गरेको हो ।
करारका कर्मचारी नियुक्तिको विषयलाई लिएर पोखरा महानगरमा लामो समयदेखि विवाद छ ।
एमालेका जनप्रतिनिधिले करारका कर्मचारी नियुक्ति सम्झौता कार्यान्वयन नगर्न दवाब दिँदै नगरसभा बहिस्कार गरेका थिए ।
त्यसपछि मेयर आचार्यले नगरसभा स्थगित गरेका थिए ।
नगरसभा बहिष्कार गर्दै उनीहरुले बाहिर विशेष नगरसभाको निर्णय लागू गर, महानगरको वेथिति बन्द गर, मनोमानी निर्णय बन्द जस्ता नारा लगाएका छन् ।
एमालेले बहिष्कार गरेपछि नगरसभा आजै दिउँसो ४ः३० मा पुनः बस्ने गरी स्थगित भएको थियाे । उक्त बैठक पुनः सुरु नै नभई स्थगित भएको थियो ।






