पोखरा । संघीय संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बस्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउने निर्णय गर्दै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन राष्ट्रपति पौडेललाई सिफारिस गर्ने निर्णय गरेको बताइएको छ ।
विपक्षी दललले सरकारले संसद अधिवेशन बोलाउन ढिला गरेर अध्यादेशमार्फत सरकार सञ्चालन गर्न लागेको भन्दै सरकारको आलोचना गर्दै आएका छन् ।
विशेषगरी माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीलगायतले संसद बैठकको माग गर्दै आएका थिए ।






