पोखरा । नेपाली बजारमा आज सुनको भाउ बढेको छ ।
सोमबारको तुलनामा आज मंगलबार छापावाला सुनको भाउ एक हजार एक सय रुपैयाँ बढेर एक लाख ५८ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको भाउ एक लाख ५७ हजार रुपैयाँ रहेको थियो ।
पोखरा बजारमा आज सुनको भाउ एक लाख ५८ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी, रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता, आज असली चाँदीको भाउ पनि १५ रुपैयाँ बढेर एक हजार आठ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
चाँदीको भाउ सोमबार एक हजार आठ सय ६० रुपैयाँ थियो ।
पोखरा बजारमा आज चाँदीको भाउ एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।






