पाेखरा। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका धेरै भू-भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज गण्डकी प्रदेशको राजधानी पोखरामा आजको मौसम सफा रहने अनुमान गरिएको छ । पोखरामा आज बिहान करिब ७:४५ बजेको तापक्रम १२ डिग्री सेल्सियस छ भने सापेक्षिक आद्रता ५९ प्रतिशत छ ।
आज पोखराको न्यूनतम् तापक्रम ८ डिग्री र अधिकतम् तापक्रम २३ सेल्सियस पुग्ने अनुमान गरिएको छ ।
आज गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुको साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।






