पोखरा । नेपाली बजारमा सुनको भाउ आकाशिएको छ । छापावाला सुनको भाउ सोमबारको तुलनामा मंगलबार र आज बुधबार तोलामा तीन हजार रुपैयाँ बढेको छ ।
मंगलबारको तुलनामा भने आज बुधबार एक हजार नौ सय रुपैयाँले सुनको भाउ बढेको हो ।
भाउ बढेसँगै सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ मंगलबार एक लाख ५८ हजार एक सय रुपैयाँ थियो । साथै सोमबार सुनको भाउ एक लाख ५७ हजार रुपैयाँ थियो ।
पोखरा बजारमा आज सुनको भाउ एक लाख ६० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी, रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता, आज असली चाँदीको भाउ पनि २० रुपैयाँ बढेर एक हजार आठ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
पोखरा बजारमा आज चाँदीको भाउ एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।






