पोखरा । पोखराको न्यूरोडमा सिटिजन कम्प्युटिङ सेवा शुभारम्भ भएको छ ।
सिटिजन फर्निचर र सिटिजन फर्निचर एण्ड फर्निसिङ्गमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको सिटिजन समूहले आईटी क्षेत्रमा पनि आफ्नो व्यवसाय विस्तार गरेको हो ।
सिटिजन कम्प्युटिङमार्फत अबदेखि कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी गुणस्तरीय सेवा उपलब्ध गराइने संचालक दीपक कार्कीले जानकारी दिए ।
ग्राहकको आईटीसम्बन्धी आवश्यकतालाई मध्यनजर गर्दै यो सेवा सुरु गरिएको कार्कीले बताए ।
नयाँ सेवामा कम्प्युटर तथा आइटीसम्बन्धी गुणस्तरीय सेवा उपलब्ध हुनेछन् ।
सिटिजन कम्प्युटिङले नवीनतम् प्रविधिको प्रयोगमार्फत गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य लिएको उनले बताए ।






