• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-६ का चार सय ५० महिलालाई तनाव एवं समय व्यवस्थापन प्रशिक्षण

नीतिप्रेस by नीतिप्रेस
January 25, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ स्थित महिला सञ्जालले शनिबार तनाव एवं समय व्यवस्थापन कार्यक्रम आयोजना गर्यो । वडा कार्यालयको सहयोगमा सञ्जीवनी नारी समूहका अध्यक्ष भगवती बानिया केसीको संयोकत्वमा भएको कार्यक्रम पोखरा-६ भित्रका १८ महिला समूहका करिब चार सय ५० जना सहभागी थिए ।

कार्यक्रममा सहभागीलाई स्वामी डा. योगी विकाशानन्दले तनाव एवं समय व्यवस्थापनबारे प्रशिक्षण दिएका थिए । प्रशिक्षक स्वामी विकाशानन्दले तनाव अहिलेको युगको सबैभन्दा जटिल मानसिक समस्या भएको भन्दै वैज्ञानिक विकासको सहयोगले जुन-जुन देशमा जीवनशैली जति-जति परिवर्तन भइरहेको छ, त्यति-त्यति नै त्यहाँका मानिस बढी तनावमा बाच्न बाध्य भइरहेको स्पष्ट बताए ।

तनाव सधैँ नकारात्मक नहुने भन्दै उनले एक हदसम्मको तनावले सजगता, प्रेरणा र कार्यदक्षता दिने स्पष्ट पारे । उनले भने, ‘तनावले सीमा नाघ्नासाथ तनावले अनेक प्रकारका शारीरिक, मानसिक र भावनात्मक समस्या खडा गरिदिन्छ, हाम्रोजस्तो अविकसित देशमा पर्याप्त चुनौती र प्रतिस्पर्धा नहुनु, कार्यसम्पादनको गुणवत्ताको कुनै मापदण्ड नहुनु, निश्चित लक्ष्यसम्म पुग्न निश्चित समय सीमा निर्धारण नहुनुले पनि मानिस अल्छी, लोसे र अप्रत्युत्पादक भएको देखिएको छ ।’

आफूलाई भौतिक, मानसिक कुरामा प्रतिकुल असर पार्ने कतिपय कुराको संलग्नताप्रति दृढतापूर्ण नाइ भन्न सिक्नुपर्नेमा उनले जोड दिए । ध्यान र योगाभ्यास तनाव विसर्जनमा सर्वाधिक लाभदायक हुने उनले बताए । नियमित ध्यानले अति तनावग्रस्त परिस्थितिमा पनि शान्त र सकारात्मक रहन सक्ने समझ र धैर्यको विकास उनले हुने बताए । योग, पौडी र प्रकृतिमा टहल्नुलाई तनावबाट मुक्त हुने निरापद उपाय भएको उनले बताए ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले वर्तमान समयमा तनाव व्यवस्थापन अपरिहार्य भएको बताइन् । सञ्जालले निकै समयसान्दर्भिक कार्यक्रम आयोजना गरेको भन्दै उनले प्रशंसा गरिन् । यस्तै रचनात्मक कार्यमा महानगरपालिकाले साथ दिने उनले प्रतिवद्धता जनाइन् ।

सञ्जाल अध्यक्ष बबिता मल्लको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य पवित्रा थापाले स्वागत र सञ्चालन सचिव रेनु लामिछानेले गरेकी थिइन् ।

Previous Post

पोखरामा टाइगर कप शुरु, एपीएफ र न्यू डायमन्डको विजयी शुरुआत

Next Post

पोखराको प्रस्याङमा सवारी दुर्घटना, दुई जना घाइते

Next Post

पोखराको प्रस्याङमा सवारी दुर्घटना, दुई जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन