• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को पोखरा अडिसन हुने

नीतिप्रेस by नीतिप्रेस
January 31, 2025
in कला-साहित्य, गण्डकी प्रदेश, मनाेरञ्जन, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । रियालिटी शो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन-२ को पोखरा अडिसन आगामी फागुन १६ र १७ गते हुने भएको छ । अडिसन पोखरा बहुमुखी क्याम्पसमा हुनेछ ।

इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले रियालिटी शो आयोजना गरेको हो । विश्वभर रहेका नेपालीको गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभा पहिचान गर्नका लागि यी दुवै रियालिटी शो अघि बढाइएको आयोजकले जनाएको छ ।

फाउण्डेसनका अनुसार दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगल, पूर्वी एसियाका लागि थाइल्याण्ड, हङकङ र जापान, मध्यपूर्वका लागि दुबई र कतार, अष्ट्रेलियाका लागि सिड्नी, भारतका लागि सिलिगुरी र मुम्बई तथा नेपालका लागि विर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसन हुनेछ ।

फाउण्डेसनका कार्यकारी निर्देशक सिएम भट्टराईले अमेरिकाबाट भर्चुअल माध्यमबाट संवोधन गर्दै नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्नका लागि र नेपाली भाषी प्रतिभाहाई चिनाउन यस्तो खालको रियालिटी शो आयोजना गरिएको बताए ।

‘हाम्रो कला, संस्कृति, संस्कारजस्ता कुरालाई नयाँ पुस्तालाई पुस्तान्तरण गर्न पनि यो रियालिटी शोले महत्वपूर्ण भूमिका खेल्नेछ’, उनले भने ।

फाण्डेसनका गण्डकी प्रदेश प्रमुख तथा गायक राजेश बर्देवाले नेपाली संस्कृति र साँस्कृतिक पहिचानलाई संरक्षण, संवद्र्धन र उत्थान गर्ने उद्देश्य बताए ।
सहभागी हुन चाहने प्रतिस्पर्धीले फाउण्डेसनको वेभसाइट इन्ट्रा फाउण्डेसन डट ओआरजीबाट आवेदन दिन सक्ने छन् ।

विश्वभरिबाट स्थलगत अडिसनमा छनोट भएका भ्वाइसका लागि एक सय बीस र डान्सका लागि एकसय बीस गरी दुई सय चालिस जनालाई प्रतिस्पर्धाका लागि काठमाडौँ लगिनेछ ।

साउनको अन्तिम साता काठमाडौँमा हुने फिनालेमा दुबै शोका विजेतालाई एक करोड नेपाली रुपैयाँ नगद पुरस्कार स्वरुप प्रदान गरिने छ । यस्तै दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

पोखरामा भएको मिट एण्ड ग्रीट कार्यक्रममा फाउण्डेसनका कास्की प्रमुख तथा कलाकार किसान सेवाले स्वागत र हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापा, कलाकार तथा समाजसेवी लक्ष्मणश्री लगायतले बोलेका थिए ।

सन् २०२३ मा यी दुवै रियालिटी शोको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भइसकेको छ । मेरो भ्वाइस युनिभर्स सिजन-२ का लागि वरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुङ निर्णायक (जज) को भूमिकामा छन् ।

यसैगरी मेरो डान्स युनिभर्स सिजन २ को जजमा वरिष्ठ कलाकार मिथिला शर्मा, नायक दीलिप रायमाझी, चर्चित अभिनेत्री शिल्पा मास्के, चर्चित कोरियोग्राफर शंकर विसी, कविराज गहतराज र किरण थापा छन् । दुवै शोका लागि चर्चित कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोखरेल र नम्रता श्रेष्ठ छन् ।

Previous Post

इन्द्र-हुमा वाङ्मय सम्मान गीतकार खनियालाई

Next Post

मन्त्री केसीद्वारा दुई योजना अनुगमन, चाँडो सम्पन्न निर्देशन

Next Post

मन्त्री केसीद्वारा दुई योजना अनुगमन, चाँडो सम्पन्न निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन