• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा महानगर संस्थागत क्षमता स्वमूल्यांकनमा सर्वोत्कृष्ट, कार्यसम्पादनमा निकै कमजोर

नीतिप्रेस by नीतिप्रेस
February 14, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । भूगोलको हिसाबमा देशकै ठूलो पोखरा महानगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा देशका छ वटा महानगरपालिकामध्ये सर्वोत्कृष्ट बनेको छ । लिजामा ९३दशमलव५ प्रतिशत अंक प्राप्त गरी पोखरा सर्वोत्कृष्ट बनेको बताइन्छ ।

स्वमूल्याङ्कनमा देशभरका महानगरमध्ये सर्वोत्कृष्ट बनेको भन्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले खुशी व्यक्त गरेका छन् । उनले महानगरका प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीलाई धन्यवाद तथा आभारसमेत व्यक्त गरे ।

स्वमूल्यांकनका विषयअन्तर्गत शासकीय प्रवन्ध, न्यायिक कार्य सम्पादन, सामाजिक समावेशिकरण, सहकार्य र समन्वय र वित्तीय एवं आर्थिक व्यवस्थापनमा शतप्रतिशत नम्बर पाएको पोखरा महानगरले संगठन तथा प्रशासनमा ८७दशमलव५ र वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९०दशमलव९१ अंक मात्र प्राप्त गरेको छ ।

यसैगरी पोखराले सेवा प्रवाहमा ९०दशमलव६१, भौतिक पूर्वाधारमा ८८दशमलव४६ र वातावारण संरक्षणमा विपद् व्यवस्थापनमा ८३दशमलव३३ अंक प्राप्त गरेको छ ।

लिजामा ललितपुर महानगरले पनि पोखरा बराबरकै ९३दशमलव५ अंक प्राप्त गरेको छ । यस्तै विराटनगरले ८९दशमलव७५, भरतपुरले ८९दशमलव५, काठमाडौँले ८२दशमलव७५ र वीरगञ्जले ६८दशमलव५ अंक प्राप्त गरेको छ ।

पोखरा कार्यसम्पादन मूल्याङ्कनमा कमजोर

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा भने पोखरा महानगरपालिका निकै कमजोर देखिएको छ । स्वमूल्याङ्कन भन्दा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कन आधिकारिक मानिन्छ । कार्यसम्पादनमा छ महानगरमध्ये पाँचौ नम्बरमा परेको पोखराले जम्मा ५१दशमलव५ प्रतिशत मात्र अंक प्राप्त गरेको छ । पोखरा गतवर्ष पनि पाँचौँ नम्बरमै थियो ।

वित्त आयोगको मूल्याङ्कनमा भरतपुर सर्वोत्कृष्ट भएको छ । भरतपुरले ७६दशमलव२ प्रतिशत अंक प्राप्त गरेको छ । भरतपुर अघिल्ला दुई वर्षमा पनि सर्वोत्कृष्ट बनेको थियो ।

यस्तै, विराटनगर ७३दशमलव५ प्रतिशत अंक ल्याएर दोस्रो हुँदा ललितपुर ६६दशमलव७ प्रतिशत अंकका साथ तेस्रो बनेको छ । काठमाडौँ महानगर ५४दशमलव३ प्रतिशत ल्याएर चौथो, वीरगञ्ज ४३दशमलव१ प्रतिशत अङ्क प्राप्त गरेर अन्तिममा छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकको आधारमा कार्यसम्पादन मूल्यांकन गर्छ । ती सूचकमध्ये पालिकाले समयमै सभामा बजेट पेश गरे/नगरेको, पारित गरे/नगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे/नगरेको, राजस्वको विभाजन गरे/नगरेको लगायतका आधारमा अंकभार तोक्ने गर्छ ।

Previous Post

अल्फा बोर्डिङ स्कुलद्वारा पिसरन टोलीको भव्य स्वागत [तस्बिर]

Next Post

अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेकालाई फर्काउन भारत तयार

Next Post

अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेकालाई फर्काउन भारत तयार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन