भारत । उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा शनिबार साँझ भीषण आगलागी भएको छ । मेलाको सेक्टर १८ र १९ बीचमा भीषण आगलागी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आगलागीको कारण खुल्न नसकेको र प्रहरीले अनुसन्धान गरिरहेको बताइन्छ । प्रयागराजका एडीजी भानु भास्करले आगलागीबाट कसैको मृत्यु भएको रिपोर्ट नभएको बताए ।
उनले भने, ‘सेक्टर १८-१९ को बीचमा एउटा धाम थियो र यहाँ मानिसहरूलाई सेवा दिइन्थ्यो, यसलाई अयोध्या लव कुश धाम भनिन्छ, सोही स्थानमा आगलागी भएको हो ।’
आगलागीको जानकारी पाउने बित्तिकै पाँच मिनेटमै दमकल र आपतकालीन सेवा घटनास्थलमा पुगेको उनले बताए। घटनास्थलमा पुगेर आगो निभाउन सकिएको उनको भनाइ छ ।






