• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराकाे कुनो कालिज फार्ममा चितुवा पसेपछि …

नीतिप्रेस by नीतिप्रेस
February 17, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं २६ कोइराला कुनाे गुँदेतालस्थित कुनो कालिज फार्ममा चितुवा पसेर करिब एक लाख ८० हजार रुपैयाँ क्षति गराएको छ ।

चितुवाले ५५ वटा कालिज र १५ वटा लोकल कुखुरा मारेको छ । करिब ४० वटा कालिज फार्मबाट भागेका छन् ।

पोखरा-४ का जनप्रतिनिधिसमेत रहेका प्रकाश कोइरालाले सो फार्म सञ्चालन गर्दै आएका छन् । फार्ममा उनले सात सय कालिज र ५० वटा लोकल कुखुरा पालेका थिए ।

‘५५ वटा कालिज र १५ वटा लोकल कुखुरा चितुवाले मारेको छ, उडेर कति भागे भन्ने एकीन छैन तर ४० वटा भागे भन्ने हाम्रो अनुमान छ’, सञ्चालक कोइरालाले भने । सबै हिसाब गर्दा एक लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ । उनले गत वैशाखमा सात सय कालिज फार्ममा हालेका थिए ।

सोमबार बिहान करिब ५ बजे फार्मभित्र चितुवा देखिएको थियो । फार्मका कर्मचारीले सञ्चालक कोइरालाई जानकारी गराएपछि कोइरालाले जिल्ला वन कार्यालयमा खबर गरेका थिए ।

त्यसपछि जिल्ला वन कार्यालय कास्कीका भेटेनरी डक्टर किशोर आचार्यसहितको टोली कुनो कालिज फार्ममा पुगेको थियो ।

टोलीले डाट गरेर (लठ्याउने औषधि) चितुवा नियन्त्रणमा लिएको थियो । सोक्रममा चितुवाले आक्रमण गर्दा जिल्ला वन कार्यालय लेखनाथ सेवा केन्द्रका कर्मचारी सामान्य घाइतेसमेत भएका छन् ।

डा. आचार्यले भने, ‘चितुवा सानो देखेर डोज थोरै दिएका थियौँ, भित्र पसेर नजिकबाट नियाल्दा निकै ठूलो रहेछ, आक्रोशित चितुवा झ्याम्मै आइलाग्यो ।’

भाले चितुवा ५५ केजीको रहेको उनले बताए । उनका अनुसार विशेषगरि पहाडी इलाकामा यस्ता खालका चितुवा बस्ने गर्दछन् । गत महिना पनि पर्वतबाट यस्तै खालको चितुवा नियन्त्रणमा लिएर निकुञ्जमा छाडिएको उनले बताए ।

कुनोबाट नियन्त्रणमा लिइएको चितुवालाई पचभैया वन्यजन्तु उद्धार केन्द्रमा राखिएको छ । सोमबार साँझसम्ममा चितुवा सामान्य अवस्थामै आइसकेको डा. आचार्यले बताए । उनले भने, ‘एक, दुई दिन त्यहाँ राखेर, अलि टाढा वासस्थान खाजेर छाड्छौँ ।’ सम्भवतः यो चितुवालाई निकञ्जमै लगेर छाड्नुपर्ने उनको भनाइ छ ।

Previous Post

कास्की कांग्रेसले क्रियाशील सदस्यता नवीकरण थप व्यवस्थित र प्रभावकारी बनाउने

Next Post

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालको सुखद् शुरुआत

Next Post

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालको सुखद् शुरुआत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन