• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-१४ र २६ जोड्ने सडक निर्माण शुभारम्भ

नीतिप्रेस by नीतिप्रेस
February 18, 2025
in Uncategorized
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिकाको वडा नं. १४ र २६ जोड्ने डहरे साँघु सडकको वडा नं. १४ तर्फ निर्माण कार्यको सोमबार शुभारम्भ भएको छ ।

दुई वडालाई जोड्ने सडकको वडा नं. १४ का अध्यक्ष बोधबहादुर कार्की र पाेखरा-२६ का अध्यक्ष नरेन्द्र थापाले संयुक्त रुपमा निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

पोखरा-२६ का अध्यक्ष थापाले डहरेको साँघुदेखि पोखरा-२६ को क्षेत्रमा गत बर्ष सडक कालोपत्रे भए पनि पाेखरा-१४ तर्फ सडक नबन्दा यात्रुले सास्ती खेप्नु परेको बताए ।

उनले एकातर्फ राम्रो सडक देखेर आउने यात्रु पुल पारिपट्टी पुग्दा सास्ती खेप्दै फर्कनु परेकोमा सडक निर्माणले अब सहज बनाउने उल्लेख गरे ।

अध्यक्ष थापाले बुढीबजार सक्नेरी हुँदै डहरेको साँघुसम्मको सडकको बिग्रेको खण्डमा यसैबर्ष रिसोलिङ गरिने बताए ।

उनले सडकवत्ती जडान गरी रातिको समयमा समेत यात्रा गर्न मिल्ने गरी वडाले कार्य अघि बढाएको समेत स्पष्ट पारे ।

पोखरा-१४ का अध्यक्ष बोधबहादुर कार्कीले पारिपट्टी राम्रो सडक देखेर वारी आएका यात्रुले आलोचना गरेको स्मरण गर्दै धेरै पछि भए पनि राम्रो कामको शुरुवात भएको बताए ।

उनले निर्माण कम्पनीलाई समयमै सडक निर्माण सक्ने गरी कार्य गर्न आग्रह गरे ।

संघीय सरकारको ६३ लाख ४९ हजार तीन सय ६५ रुपैयाँको लागतमा उक्त सडक निर्माण हुन लागेको हो ।

सडकको एक करोड रुपैयाँमा बोलपत्र आब्हान भएकोमा कमलपोखरी निर्माण सेवा पोखरा-१३ ले उक्त रकममा ठेक्का प्राप्त गरेको हो ।

सडक वडा नं. १४ को राधाकृष्ण टोलदेखि डहरेको साँघुसम्म नालासहितको ढलान हुनेछ ।

निर्माण व्यवसायी गोविन्द विकले वैशाख मसान्तसम्म सडक सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिवद्धता जनाए ।

पोखरा-२६ का वडाध्यक्ष थापाले उक्त सडक भएर आवातजावत गर्नेलाई निर्माण अवधिभर वैकल्पिक सडक प्रयोग गर्न आग्रहसमेत गरेका छन् ।

Previous Post

हिसान गण्डकीको फुटसलमा सेमिफाइनल समिकरण पूरा

Next Post

आज लाभ र अमृत बेला परेको छ, श्रीगणेशको प्रिय दिनमा राशिफल कस्तो होला ?

Next Post

आज लाभ र अमृत बेला परेको छ, श्रीगणेशको प्रिय दिनमा राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन