पोखरा । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै छापावाला सुनको भाउ एक लाख ७० हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ मंगलबार तोलामा एक लाख ६९ हजार चार सय रुपैयाँ कायम भएको थियो ।
पोखरा बजारमा आज सुनको भाउ एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी चत्न तथा आचभूषढा संघ कास्कीले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा एक हजार नौ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
पोखरा बजारमा आज चाँदीको दुई हजार पाँच रपैया कामय भएको छ ।






