पोखरा । पोखरा महानगरपालिका वडा नं २६ अर्घाैँबजार भीमसेन मन्दिर नजिकै स्केटपार्क सञ्चालन भएको छ ।
पर्वतको जलजला गाउँपलिकाका शिव जिसी, गोविन्द न्यौपाने र म्याग्दीको रघुगंगा गाँउपालिकाका सुधीर भण्डारीको संयुक्त लगानीमा स्केटपार्क सञ्चालनमा आएको हो ।
तीनै जना दक्षिण कोरियाबाट फर्किएका युवा हुन् । स्केटपार्कका लागि उनीहरुले एक करोड लगानी गरेको बताएका छन् ।
स्केटपार्कसँगै खाजाघर पनि संचालन आएको छ ।
स्केट पार्कको प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले उद्घाटन गरेका थिए ।
घरमै मोबाइलमा झुन्डिरहने बालबालिकालाई घरबाहिर ल्याउन र देशमै केही गरौँ भन्ने अभिप्रायले स्केटपार्क सञ्चालन गरिएको संचालक जिसीले बताए ।






