• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हेमराज पहारी स्मृति पुरस्कार सिर्जना साहित्य सदनलाई प्रदान

नीतिप्रेस by नीतिप्रेस
February 27, 2025
in कला-साहित्य, गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
तस्बिर : कुमार श्रेष्ठ

तस्बिर : कुमार श्रेष्ठ

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । हेमराज पहारी स्मृति पुरस्कार-२०८१ कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकस्थित सिर्जना साहित्य सदनलाई प्रदान गरिएको छ ।

हेमराज पहारी स्मृति प्रतिष्ठानद्वारा बिहीबार घाचोकमा आयोजित एक कार्यक्रमका बीच नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङले सदनका अध्यक्ष शिवप्रसाद पोखरेललाई पुरस्कार अर्पण गरेका हुन् । पुरस्कारको राशि एक लाख रुपैयाँ नगद र ताम्रपत्र छ ।

कार्यक्रममा प्राज्ञ गुरुङले आफ्नो गाउँ, ठाउँको पहिचान, संस्कार र संस्कृति संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले आफ्ना सनातन धर्म, संस्कार र संस्कृति जोगाउनु नै महत्वपूर्ण हुने भन्दै हुँदै नभएका कुरा भन्दा भएर पनि हराएका कुराको खोजी गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो समयमा मानवमा धर्म हराउँदै जाँदा विभिन्न विकृति विसंगति मौलाउँदै गएको उनले तर्क गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपतिसमेत रहेका गुरुङ विदेशी शक्तिले नेपालको सनातनी धर्ममाथि प्रहार गरेको उदाहरण पछिल्लो अमेरिकाको कदमले प्रष्ट पारेको बताए ।

माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले सिर्जना साहित्य सदन पुरस्कृत हुँदा सिंगो गाउँपालिका नै पुरस्कृत भएको महसुस भएको बताए ।

उनले पुरस्कारले सदनको गरिमा अझै माथि पुगेको भन्दै विगतमा अग्रजले गरेको दुःखको फल मिल्न थालेको बताए । उनले सदनको श्रीवृद्धिमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रतिभा चयन समिति संयोजक कृष्णप्रसाद बास्तोलाले कास्कीमा क्रियाशील करिब छ दर्जन साहित्यिक संघसंस्थाबाट सृजना साहित्य सदन छनोट हुन सफल भएको बताए ।

उनले भने, ‘शुरुमा करिब छ दर्शन संस्थाका विवरण संकलन गर्‍यौँ, त्यसपछि उत्कष्ट पाँच वटा छान्यौँ, त्यसमा सिर्जना सबैभन्दा उत्कृष्ट पायौँ र सिफारिस गर्‍यौँ, प्रतिष्ठानले पनि सहर्ष स्वीकार गर्‍यौँ ।’

समितिमा प्राज्ञ हरिदेवी कोइराला र साहित्यकार दुर्गा शाह बाबा सदस्य थिए ।

प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपानेले सिर्जना साहित्य सदन कास्कीकै एक उत्कृष्ट साहित्यिक संस्था भएकोले पुरस्कार अर्पण गर्ने निर्णय गरेको बताइन् ।

सदनका अध्यक्ष शिवप्रसाद पोखरेलले उत्कष्ट संस्थाको रुपमा छनोट गरी पुरस्कृत गरेकामा प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै सम्मानले संस्थाको गरिमा निकै माथि पुगको महसुस भएको बताए ।

कार्यक्रममा सदनका पूर्वअध्यक्ष महेश्वर अनुरागी, अग्रज कवि छविलाल आचार्य, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कराज रेग्मी अथक, लोकगायिका हरिदेवी कोइरालालगायतले बोलेका थिए ।

प्रतिष्ठानकी अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोविन्दराज पहारीले स्वागत र सदनका संरक्षक असफल गौतमले सञ्चालन गरेका थिए ।

उक्त अवसरमा कवि छविलाल आचार्य र बालकवि देवेश पहारीले स्वर्गीय हेमराज पहारीको सम्झनामा कविता वाचन गरेका थिए ।

२०६७ सालमा स्थापित प्रतिष्ठानले सिर्जनालाई प्रदान गरेको यो पुरस्कार आठौँ हो । प्रतिष्ठानले यसअघि संस्कृतिविद् सत्यमोहन जोशी, राप्ती साहित्य परिषद् दाङ, विमल गुरुङ स्मृति पुस्तकालय धरान, पोखरास्थित लोककवि अली मियाँ (मरणोपरान्त), झरना साहित्य परिवार मकवानपुर, साहित्य सन्ध्या काठमाडौँ, साहित्यकार सरुभक्तलाई पुरस्कार अर्पण गरेको थियो ।

साहित्यकार हेमराज पहारीको २०६६ फागुन १७ गते सडक दुर्घटनामा निधन भएको थियो । पहारीकै स्मृतिमा स्थापित प्रतिष्ठानले हरेक दुई वर्षमा पुरस्कार अर्पण गर्दै आइरहेको छ ।

पहारीको गीत सञ्चयन ‘हेमराज पहारीका गीतहरू’, नियात्रा सञ्चयन ‘उत्तरी गोलार्द्धकाे एक फन्को’ र कविता सञ्चयन ‘देशको अभिभारा’ प्रकाशित छन् ।

प्रतिष्ठानले पहारीका बाँकी सिर्जना प्रकाशन, उनका योगदान र सिर्जनाको प्रवद्र्धन एवं नेपाली साहित्यको उत्थानका लागि काम गर्दै आइरहेको छ ।

कास्कीको सिर्जना साहित्य सदन २०५४ देखि निरन्तर क्रियाशील छ । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उत्थानसहित विभिन्न साहित्यिक गतिविधि गर्दै आएको सदनले हरेक वर्ष मुखपत्र ‘सिर्जना’ प्रकाशन गर्दै आइरहेको छ ।

Previous Post

पोखरा-१९ का नेताहरु विकास बजेट माग्दै सिंहदरबारमा

Next Post

मेरो भ्वाइस र मेरो डान्स युनिभर्स पोखरा अडिशनको तयारी पूरा

Next Post

मेरो भ्वाइस र मेरो डान्स युनिभर्स पोखरा अडिशनको तयारी पूरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन