• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रोजगारी सिर्जना नै अहिलेको मौद्रिक नीतिको अन्तिम उद्देश्य : लामिछाने

नीतिप्रेस by नीतिप्रेस
March 6, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय पोखराका मुख्य व्यवस्थापक दीपकराज लामिछानेले रोजगारी सिर्जना नै अहिलेको मौद्रिक नीतिको अन्तिम उद्देश्य भएको बताएका छन् । उनले दैनिक दुई हजार दुई सयको दरले नागरिक विदेशिनु कुनै पनि कोणबाट सही नभएको पनि बताए ।

पोखरा उद्योग वाणिज्य संघ तथा पृथ्वीनारायण क्याम्पसअन्तर्गतको अर्थशास्त्र विभागद्वारा आयोजित आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्य व्यवस्थापक लामिछाने वास्तविक क्षेत्र अर्थात् कृषि, उद्योग र सेवा क्षेत्रको विकासले मात्र रोजगारी सिर्जना हुने पनि बताए ।

अर्थतन्त्रका सूचकाङ्क सकारात्मक रहेको भन्दै उनले सरकारको खर्च गर्ने क्षमतामा भएको वृद्धिले बजार चलायमान बनाउने आशा पनि व्यक्त गरे ।

कार्यपत्रमाथि टिप्पणी गर्दै प्राडा यादव शर्मा गौडेलले अहिलेको मौद्रिक नीतिले वास्तविक क्षेत्रलाई अध्याँरोमा लैजान खोजेको आशंका जताए उनले मौद्रिक नीति आर्थिक नीतिको अधिनमा रहँदा यो अवस्था आएको पनि बताए ।

अर्का टिप्पणीकार प्राडा लेखनाथ भट्टराईले मौद्रिक नीति उपभोग बढाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए । दोस्रो चरणको आर्थिक सुधारका कार्यक्रम ल्याउन ढिला भएको बताउँदै उनले बजारलाई प्रतिस्पर्धी पनि बनाउने र संरक्षण पनि गर्नुपर्ने धारणा राखे ।

आर्थिक सूचकांक नभए पनि उत्पादन एवं उद्योगको ऋणात्मक बृद्धि अहिलेसम्म पनि ओरालो लाग्नु सकारात्मक संकेत नभएको बताए ।

बैंक तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा तरलता रहे पनि निजी क्षेत्र ऋण लिएर व्यवसाय गर्न तयार नहुनुको कारण खोज्नुपर्ने उनको भनाइ थियो ।

‘निजी क्षेत्र उत्साहित नबनेसम्म अर्थतन्त्र मजबुत हुँदैन भन्ने तथ्यलाई नेपाल राष्ट्र बैंकले स्वीकार गरोस् भन्ने हाम्रो आग्रह रहेको छ,’ उनले भने, ‘बढ्दो मुद्रास्फिति रोक्न सकिएन भने अर्थात् जनताको भान्छा सस्तो भएन भने जेजस्ता नीति लिए पनि त्यसले नागरिकलाई छुँदैन भन्ने कुरालाई विशेष ख्याल राखियोस् ।’

यो वर्षको सात महिनामा कुल चार लाख ६५ हजार पाँच सय आठ जनाले श्रम स्वीकृति एवं ५५ हजार ७७ जनाले पढ्नका लागि अध्ययन स्वीकृति लिएको तथ्याङ्कले पनि राम्रो संकेत नगरेको उनको भनाइ थियो ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष विक्रम कर्माचार्य, महासचिव शोभा गौतम, उपमहासचिव सुदीप प्रधानाङ्ग, पृथ्वीनारायण क्याम्पसका पूर्वक्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइराला, अर्थशास्त्र विभाग प्रमुख कमल ढकाल, अर्थशास्त्री कुञ्जराज थापा, व्यवसायी थमनाथ अर्याल, सीता गुरुङ, अर्थशास्त्रका विद्यार्थी कृष्ण शर्मालगायतले विभिन्न जिज्ञासा राखेका थिए ।

Previous Post

पोखरा महानगर क्रिकेट प्रतियोगितामा कास्कीको दोस्रो जित

Next Post

जुम्ला केन्द्रबिन्दु भएर गयो भूकम्प

Next Post

जुम्ला केन्द्रबिन्दु भएर गयो भूकम्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन