पाेखरा । युगाण्डामा जारी चार देशीय टी-२० क्रिकेट श्रृंखलाअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज हङकङविरुद्ध खेल्दैछ ।
नेपाली समयअनुसार यो खेल दिउँसो १२ः४५ बजेदेखि शुरु हुनेछ । यस श्रृंखलामा कमजोर प्रदर्शन गरिरहेको नेपाललाई यो खेल कमजोरी सुधार्ने अवसर छ ।
किनकि यसअघिका खेलमा कमजोर प्रदर्शन गरेसँगै नेपाल फाइनल पुग्ने होडबाट बाहिरिएको छ । नेपालले खेलेका पाँच खेलमा एक जित र चार हार बेहोरेको छ र फाइनलको दौडबाट बाहिरिएको छ ।
नेपालले यसअघि नामिबियासँग दुवै पटक तथा हङकङ र युगाण्डासँग एक-एक खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक युगाण्डालाई एक खेलमा पराजित गरेको थियो ।
मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका छ ।






