• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज श्रीविष्णुको प्रिय दिनमा दुई पटक शुभ बेला परेको छ, राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
March 20, 2025
in धर्म/संस्कृति, समाचार
0
bindhyabasini-temple-pokhara

आजको राशिफल

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग

मिति २०८१ चैत ७ गते बिहीबार, इस्वीसंवत मार्च २० तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रकृष्णपक्षको षष्ठी तिथि रातिमा ११ः०० बजेसम्म त्यसपछि सप्तमी तिथि लाग्नेछ । नक्षत्रमा अनुराधा रातिमा ८ः१९ बजेसम्म त्यसपछि ज्येष्ठा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वरियान २३ घटि ३९ पलासम्म त्यसपछि सिद्धि लाग्नेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा आनन्द रहनेछ ।

सूर्य मीन राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान ३० घटि ११ पला अर्थात १२ घण्टा ०७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः१० बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः१४ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ११ः४६ बजे र अस्ताउने समय भोलि बिहानमा ९ः१५ बजे रहेको छ । आज विश्व मुख स्वास्थ्य दिवस र अन्तर्राष्ट्रिय खुशी दिवस रहेको छ ।

आजको राशिफल

मेषः आज समय भरपर्दो रहनेछैन । बिहानको समय झन्झट आइलाग्ने र बिनासित्तिमा सञ्चित धनको नोक्सानी हुन सक्ने देखिन्छ, खराब निर्णय हुन सक्छ, मध्यान्हपछिको समय भने केही सुधार हुनेछ, आफन्तसँगको सम्बन्धमा क्रमिक सुधार आउनेछ । आजका लागि शुभ अंक ८, शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नमः शिवाय यो मन्त्र ११ पटक जपेर अघि बढे सफलता मिल्नेछ ।

वृषः आज स्वास्थ्य राम्रो रहनेछ । फलदायी समय रहनेछ, साथीभाइ तथा इष्टमित्र सबैको मन जित्न सकिनेछ, तपाइका अनुयायी बढ्नेछन भने नयाँ कामको प्राप्ति पनि हुन सक्ने देखिन्छ, आर्थिक कारोबार सन्तोषजनक रहनेछ । आजका लागि शुभ अंक ७ हो भने शुभ रंग सेतो हो, कुनै काममको थालनी गर्नुअघि देवी भगवतीको स्मरण पूजा र स्तोत्र पाठ गरे निकै सफलता हात लाग्नेछ ।

मिथुनः आज समय राम्रो रहनेछ, रोकिएका ब्यावसायिक कारोबारमा सुधार आउनेछ, प्रेम सम्बन्ध अझै प्रगाढ हुनुको साथै मन आनन्दित रहनेछ, नयाँ सवारी साधन र बहुमूल्य रत्नको सञ्चिति हुने समय रहेको छ । आजका लागि शुभ अंक ४ शुभ रङ्ग रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ सरस्वत्यै नमः मन्त्र जपेर अघि बढे उत्तम हुनेछ ।

कर्कटः आज स्वास्थ्य भरपर्दो रहनेछैन । परिवेश सामान्य रहे पनि मनको डरले भने सताउनेछ, ठूला व्यक्तित्वसँग मतभेद रहनेछ, तापनि बाहिर आलोचना गर्नेले व्यवहारमा अवसर प्रदान गर्नेछन्, परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ, आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला, अरूको मुख नताकी कर्मयोगमा लाग्दा फाइदा उठाउन सकिनेछ ।

सिंहः आज समय शुभ छैन, पढाई लेखाइमा आएको लय घट्न सक्छ, शत्रुहरु तपाइँदेखि टाढिन थाल्नेछन्, धार्मिक कार्यमा रुची बढ्नेछ भने प्रेम र दाम्पत्य सम्बन्धमा निकटता आउनेछ, हतियार बात निक्सानी हुन सक्छ निकै चनाखो रहनु होला । आजका लागि ६, शुभ रंग सप्तरंगी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब कुलादेबताको स्मरण र दर्शन पूजा गरेर अघि बढे उत्तम हुनेछ ।

कन्याः आज समय अत्यन्त शुभ छ, घर बाहिर रहेर काम गर्नेहरुका लागि फलदायी समय रहनेछ, खर्च बढेता रमाइलो भेट्घाट र घुमघाममा रमाउने दिन रहेको छ, पारिवारिक सम्बन्धमा टकराबको स्थिति आउन सक्छ, धनमाल हराउन सक्छ, चनाखो रहनु होला, आजका लागि शुभ अंक ९ हो भने शुभ रंग ध्वासे रहेको छ । यात्रा गर्नु पूर्व बगलामुखी भगवतीको सम्झना गरे सफलता मिल्नेछ ।

तुलाः आज समय त्यत्ति शुभ छैन, आत्मीय मित्रका सहयोग नपाउँदा थालेका काम बिचमा छोड्नु पर्ने हुन सक्छ, व्यापार व्यावसायमा समय दिन सकिने छैन भनेजस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ, समय प्रतिकुल बन्नेछ भने यहि बेलामा आय आम्दानीका बाटा साँघुरा हुनेछन्, लामो दुरीको यात्रामा पनि समस्या हुने देखिएको छ, आजका लागि शुभ अंक ८, शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पूर्व ॐ नमः शिवाय यो मन्त्र ११ पटक जपेर अगाडि बढे सफलता मिल्नेछ ।

वृश्चिकः आज समय राम्रो छ । काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रो अवसर जुट्नेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । व्यवसायमा लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ ।

धनुः आज स्वास्थ्यमा समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तपाइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।

मकरः आज स्वास्थ्य अनुकुल रहने छैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्नेछ । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होसियार रहनुहोला ।

कुम्भः आज समय शुभ छ, स्वास्थ्यमा सुधार आउनेछ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । व्यवसायमा फाइदा हुनेछ ।

मीनः आज समय मध्यम खालको छ । तपाइको योजना अनुसार काम हुन सक्ने देखिन्न, बोलीको प्रभाव घट्दो क्रममा रहनेछ, अत्यावश्यक यात्रा गर्नु परेमा मात्र मध्यान्ह अघिको समय उचित रहनेछ, आजका लागि शुभ अंक ३, शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पूर्व ॐ मृत्युन्जय  नमः योमन्त्र २३ पटक जप गरेर अघि बढे शुभफल हात लाग्नेछ ।

साहित (यात्रा): सूर्य मीन राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः०८ बजेदेखि ७ः३९ बजेसम्म शुभ बेला
बिहान ७ः३९ बजेदेखि ९ः१० बजेसम्म रोग बेला
बिहान ९ः१० बजेदेखि १०ः४० बजेसम्म उद्धेग बेला
बिहान १०ः४० बजेदेखि १२ः११ बजेसम्म चर बेला
दिनमा १२ः११ बजेदेखि १ः४२ बजेसम्म लाभ बेला
दिनमा १ः४२ बजेदेखि ३ः१२ बजेसम्म अमृत बेला
दिनमा ३ः१२ बजेदेखि ४ः४३ बजेसम्म काल बेला
दिनमा ४ः४३ बजेदेखि ६ः१४ बजेसम्म शुभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः१४ बजेदेखि ७ः४३ बजेसम्म रोग बेला
साँझ ७ः४३ बजेदेखि ९ः१२ बजेसम्म उद्धेग बेला
राति ९ः१२ बजेदेखि १०ः४१ बजेसम्म चर बेला
राति १०ः४१ बजेदेखि १२ः१० बजेसम्म लाभ बेला
राति १२ः१० बजेदेखि १ः४० बजेसम्म अमृत बेला
राति १ः४० बजेदेखि ३ः०९ बजेसम्म काल बेला
रातिमा ३ः०९ बजेदेखि ४ः३८ बजेसम्म शुभ बेला
रातिमा ४ः३८ बजेदेखि ०६ः०७ बजेसम्म रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

पैतिस जना स्थायी शिक्षकको राजीनामा फिर्ता

Next Post

एसईई आजदेखि, पाेखरामा १० हजार विद्यार्थी सहभागी

Next Post

एसईई आजदेखि, पाेखरामा १० हजार विद्यार्थी सहभागी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन