पोखरा । पाँच दिनदेखि बेपत्ता भएका गोरखाको नौ किलोका ३० वर्षीय राहुल कुमाल मृत अवस्थामा फेला परेका छन् ।
उनी तनहुँको ऑबुखैरेनी गाउँपालिका वडा नं २ एक्लेफॉटस्थित मस्र्याङ्दी नदीमा शनिबार मृत फेला परेका हुन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अशोक थापाका अनुसार कुमाल एक्लेफॉटस्थित ऐना होटलमा काम गर्दै आएका थिए । कुमाल यही चैत ५ गतेदेखि बेपत्ता थिए ।
सशस्त्र प्रहरी बल मनकामना गण भानुको टोलीले खोजतलास गर्ने क्रममा उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।
कुमालको शव दमौली अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिए ।






