• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पृथ्वीनारायण क्याम्पसमा विष्णु पोखरेल दोब्बर भन्दा बढी मतले अगाडि

नीतिप्रेस by नीतिप्रेस
March 25, 2025
in समाचार
0
पृथ्वीनारायण क्याम्पसमा विष्णु पोखरेल दोब्बर भन्दा बढी मतले अगाडि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना जारी छ । सोमबार राति ११ बजेसम्ममा करिब एक हजार तीन सय मत गनिएको छ । जसमा अध्यक्ष पदका उम्मेद्वार अनेरास्ववियुका विष्णु पोखरेल प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अगाडि छन् । पोखरेलले चार सय ९४ मत प्राप्त गरेका छन् ।

पोखरेलको भन्दा आधाभन्दा बढी कम मत प्राप्त गर्दैै अध्यक्ष पदका स्वतन्त्र उम्मेद्वार विप्लवी न्यौपाने दोस्रो स्थानमा उक्लिएकी छन् । उनी क्याम्पसको दोस्रो ठूलो संगठन नेविसंघका उम्मेद्वारलाई पछि पारेकी छन् ।

न्यौपानेले दुई सय २८ मत प्राप्त गर्दा नेविसंघका सुशिल न्यौपानेले एक सय ९८ मत प्राप्त गरेका छन् ।

अध्यक्ष पदमै क्रान्तिकारीका नवीन अधिकारीले ९३, संयुक्त प्यानलका सन्तोष पौडेलले ९१, स्वतन्त्र कमल सुवेदी ४९ र प्राज्ञिक परिषद्का दिप्सन गुरुङले ३४ मत प्राप्त गरेका छन् ।
स्ववियुको पदाधिकारीमा पनि अनेरास्ववियुकै उम्मेद्वार अगाडि छन् । जसमा अनेरास्ववियुबाट सचिवका उम्मेद्वार विराट दुवाडीले पाँच सय ९४, कोषाध्यक्षमा सन्दिका गुरुङले पाँच सय ६४ मत प्राप्त गरेका छन् ।

सचिवमा नेपाल विद्यार्थी संघका विवेक भट्टराई दुई सय ५४, अखिल क्रान्तिकारीका मिराज थापा मगरले एक सय १४, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका अभिषेक बिष्टले ४५, संयुक्त प्यानलका किरण खड्काले ९७ मत प्राप्त गरेका छन् ।

यसैगरी कोषाध्यक्षमा नेविसंघका अमिशा यादवले दुई सय ४५, अखिल (क्रान्तिकारी)का सिर्जना शर्माले एक सय पाँच, संयुक्त प्यानलका सचिन पौडेलले एक सय ३४ र प्राज्ञिक विद्यार्थी परिषद् नेपालका अम्बिका धिमालले ४८ मत प्राप्त गरेका छन् ।

यस्तै सदस्यहरुमा पनि अनेरास्ववियुकै उम्मेद्वार निकै अगाडि छन् । जसमा एलिशा भट्टराईले पाँच सय चार, सुशिल अधिकारी पाँच सय २६, विशाल लम्साल पाँच सय ४६, प्रचण्ड शक्ति गुरुङ पाँच सय ३६, बृषभ चालिसेले पाँच सय १८, अनुजराज अधिकारीले पाँच सय ३१, जमुना शर्माले पाँच सय ३३ र सुजन शर्मा सापकोटाले पाँच सय १० मत प्राप्त गरेका छन् । उनीहरुलाई नेविसंघका उम्मेद्वारले आधाभन्दा कम मतका साथ पच्छ्याइरहेका छन् ।

क्याम्पसमा नौ हजार दुई सय ७० विद्यार्थी रहेकामा दुई हजार आठ सय ९७ मतदानमा सहभागी भए । राष्ट्रिय स्तरमै चर्चामा रहेको पृथ्वीनारायण क्याम्पसमा २०६५ सालपछि स्ववियु निर्वाचन भएको हो ।

Previous Post

बालेनले दिए टुकुचामा गाड्ने चेतावनी

Next Post

आईपीएलः दिल्ली क्यापिटल्सको रोमाञ्चक जीत

Next Post
आईपीएलः दिल्ली क्यापिटल्सको रोमाञ्चक जीत

आईपीएलः दिल्ली क्यापिटल्सको रोमाञ्चक जीत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन