पोखरा । नेपाली बजारमा आज पनि सुनको भाउ वृद्धि भएको छ । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य शुक्रबारको तुलनामा छ सय रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै आज छापावाला सुनको भाउ तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ शुक्रबार एक लाख ७६ हजार दुई सय रुपैयाँ रहेको थियो ।
पोखरा बजारमा आज सुनको भाउ एक लाख ७७ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
आज असली चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । मूल्य घटेसँगै चाँदीको भाउ तोलाको दुई हजार २५ रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको भाउ तोलाको दुई हजार ४० रुपैयाँ थियो । आज पोखरा बजारमा चाँदीको भाउ प्रतितोला दुई हजार ५५ रुपैयाँ कायम भएको छ ।






