• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

काम नगर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्न मन्त्री केसीको निर्देशन

नीतिप्रेस by नीतिप्रेस
March 31, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाश बहादुर केसीले मन्त्रालयको परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा चालु आवको दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रममा मन्त्री केसीले यस्तो निर्देशन दिएका हुन् । उनले काम नगर्ने निर्माण व्यवसायीको खोजी गरी निर्माण कार्य शुरु गराउन र काम नगरे कार्वाही गर्न निर्देशन दिए ।

‘चालु आर्थिक वर्षभन्दा अघि रोकिएका बहुवर्षीय नियमित योजना सञ्चालन गर्न बहानाबाजी, ढिलासुस्ती गरी निर्माण कार्य नगर्ने निर्माण व्यवसायीलाई खोजी गरी निर्माण कार्य शुरु गराउन निर्देशन दिन्छु,’ उनले भने ।

मन्त्री केसीले भने, ‘मन्त्रालयबाट गरिएको परिपत्र अनुसार काम अघि नबढाएमा निर्माण व्यवसायीलाई लिखित रुपमा कार्वाहीका प्रक्रिया अअघि बढाउनुस् ।’

चालु आवको वार्षिक विकास कार्यक्रममा समावेश योजनालाई समयमा सम्पन्न गर्न मन्त्रीले ताकेता गरे । कुनै योजनाको ठेक्का प्रक्रिया बाँकी भए चैत्र मसान्तभित्र ठेक्का सम्झौता गर्न उनको निर्देशन छ ।

मन्त्री केसीले भने, ‘हाल मन्त्रालयको भौतिक ४५ प्रतिशत र वित्तीय ३१दशमलव१५ प्रतिशत प्रगति भएको हुँदा कर्मचारीलाई सक्रिय बनाई वार्षिक गोष्ठीमा आउदा कम्तीमा ८० प्रतिशत प्रगति हासिल हुने गरी कार्य गर्न निर्देशन गर्दछु ।’

उनले चालु आवभन्दा अघिका एवं क्रमागत बहुबर्षीय योजनामा रकम विनियोजन न्यून भएको बताए । रकमान्तर भएका योजनामा तुरुन्त काम अघि बढाउनसमेत केसीले निर्देशन दिए ।

समस्याग्रस्त योजनाको सन्दर्भमा निर्माण व्यवसायीसँग छलफल गरी काम अघि बढाउन तथा ठेक्का तोड्न सिफारिस गर्ने गरी कार्य व्यवस्था मिलाउनसमेत उनले निर्देशन दिए ।

Previous Post

कांग्रेस माझठानाका पूर्वसभापति लामिछानेको निधन

Next Post

पोखरामा यामाहाको मेघा एक्सचेञ्ज मेला शुरु, ग्राहकलाई विशेष छुट

Next Post

पोखरामा यामाहाको मेघा एक्सचेञ्ज मेला शुरु, ग्राहकलाई विशेष छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन