पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।
इन्डियन आयल कर्पोरेशनले भाउ घटाएर पठाएपछि नेपाल आयल निगमले मूल्य समायोजन गरेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर दुई, डिजेल र मट्टितेलमा समान एक रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर चार रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २९ डलर घटाइएको छ ।
मूल्य घटेसँगै पोखरामा पेट्रोलको भाउ प्रतिलिटर एक सय ५८ रुपैयाँमा झरेको छ । यसअघि पोखरामा पेट्रोलको भाउ प्रतिलिटर एक सय ६० रुपैयाँ रहेको थियो ।
यसैगरी डिजेल र मट्टितेल प्रतिलिटर एक सय ४५ रुपैयाँ तोकिएको छ । यसअघि प्रतिलिटर एक सय ४६ रुपैयाँ रहेको थियो ।
एलपी ग्यास प्रतिसिलिन्डर १५ रुपैयाँ ७० पैसा घटेर आएको भए पनि हालको मूल्य यथावत् राखिएको छ ।







