• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा लेडी जेसीजले सात दिनमा सात फरक कार्यक्रम गर्ने

नीतिप्रेस by नीतिप्रेस
May 23, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा लेडी जेसीजले वैशाख १० गते शनिबारदेखि जेसीज सप्ताह आयोजना गरेको छ । सप्ताहव्यापी कार्यक्रम बनाएको लेडी जेसीजले सात दिन सात फरक प्रकारका कार्यक्रम गर्ने कार्यतालिका तय गरेको पोखरा लेडी जेसीजकी अध्यक्ष जेसी अनिता थापा खड्काले जानकारी दिए ।

पोखरा लेडी जेसीजका अनुसार जेसीज सप्ताहको पहिलो दिन कन्या क्याम्पसमा औपचारिक उद्घाटन कार्यक्रम हुनेछ भने त्यसलगत्तै सोहि विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ईपीएस तालिम सञ्चालन हुनेछ । सो कार्यक्रम ईशा आले (सिर्जना)को संयोजनमा हुने जनाइएको छ ।

सप्ताहको दोस्रो दिन पोखरा लेडी जेसीजले कौशी खेती तथा फोहोर व्यवस्थापन तालिम तथा मल वितरण कार्यक्रम गर्नेछ ।

पोखरा-१० को वडा कार्यालयमा आयोजना हुने सो कार्यक्रमको संयोजन सरिता भुजेलले गर्ने कार्यक्रम जेसिज सप्ताहकी मूल संयोजक नन्दकुमारी ढुंगाना (गीता)ले जानकारी दिईन् ।

सप्ताहको तेस्रो दिन विद्यार्थी लक्षित अन्नपूर्ण गाउँपालिका स्तरीय वक्तृत्व कला प्रतियोगिता हुनेछ । गाउँपालिकाको कार्यालयमा हुने सो कार्यक्रमको संयोजन रचना अधिकारीले संयोजन गर्ने उनले बताइन् ।

सप्ताहको चौथो दिन आधारभूत कानूनी सचेतना तालिम हुनेछ । पोखरा-३ नदीपुरको कार्यालयमा हुने एकल महिला लक्षित सो कार्यक्रमको संयोजन रेजिना कटुवालले गर्ने जनाइएको छ ।

सप्ताहको पाँचौं दिन पोखरा-२० को कार्यालय भलाममा ज्येष्ठ नागरिकसँग जेसीज युवा कार्यक्रम हुनेछ । ज्येष्ठ नागरिक लक्षित सो कार्यक्रमको संयोजन मलिना गुरुङले गर्ने संयोजक ढुंगानाले जानकारी दिइन् ।

यसैगरी सप्ताहको छैटौं दिन पोखरा-२२ पुम्दीभुम्दीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । ग्रामिण क्षेत्रका महिला लक्षित गरेर हुने सो कार्यक्रमको संयोजन विनिता केसीले गर्ने जनाइएको छ ।

सप्ताहको सातौं तथा अन्तिम दिन जेसी शुभद्रा बरालको संयोजनमा पोखरा-६ लेकसाईडस्थित केदारेश्वर महादेव मन्दिरमा बटुकलाई भोजन गराउनुका साथै खाद्यान्न वितरण गरिने संयोजक ढुंगानाले बताइन् ।

सोही दिन अपराह्न ४ः३० बजे रोजम्यारी किचन लेकसाईडमा एक औपचारिक कार्यक्रम गरेर सप्ताहको समापन गरिने उनले जानकारी दिइन् ।

जेसिज सप्ताह कार्यक्रम सामाजिक रुपान्तरणमा सघाउ पुर्‍याउने उद्देश्य राखेर तय गरिएको पोखरा लेडी जेसीजकी पूर्वअध्यक्ष विनिता सापकोटा (कमला)ले बताइन् ।

Previous Post

नेपालमा लगातार गयो भूकम्प, बैतडी केन्द्रविन्दु

Next Post

गाडी थन्क्याएर देशभर आन्दोलन चर्काउँदै यातायात व्यवसायी

Next Post

गाडी थन्क्याएर देशभर आन्दोलन चर्काउँदै यातायात व्यवसायी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन