• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एयर इन्डियाको विमान दुर्घटनामा दुई सय ४१ को मृत्यु, एक जीवितै

नीतिप्रेस by नीतिप्रेस
June 13, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाेखरा। भारतको अहमदाबादमा बिहीबार दिउँसो भएको हवाई दुर्घटनामा एक जना बाँचेका छन् । दुई सय ४२ जना सवार उक्त विमान दुर्घटनामा एक जनामात्र भाग्यले बाँचेका हुन् । 

यति भयानक दुर्घटनामा प्रायः सबैको ज्यान जाने गरे पनि एक जनामात्र बाँच्नुलाई भाग्यकै खेल भनी ब्याख्या गरिएको छ । जबकि उनीसँगै रहेका उनका भाइको भने मृत्यु भएको छ ।

एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान बिहीबार दिउँसो अहमदाबादमा उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो ।

अहमदाबादबाट बेलायतको लण्डन जाँदै गरेको विमान दिउँसो १ः३८ बजे उडान भरेकामा त्यसको दुई मिनेटमै एक अस्पतालको आवासीय चिकित्सक रहेको भवनमा ठोक्किएको थियो । 

विमान ठोक्किना साथ आगो लागेको थियो । पछाडिको एक टुक्रा भने भवनमै अड्किएको थियो ।

भारतीय मूलका बेलायती नागरिक रमेश विश्वास कुमार मात्र दुर्घटनामा बाँचे । उनी विमानको ११-ए नम्बरको सिटमा बसिरहेका थिए । उनले उडान भरेको ३० सेकेन्डपछि विमान ठूलो आवाजका साथ दुर्घटनाग्रस्त भएको बताए । उनले भने, ‘जब म होशमा आएँ, मेरो वरिपरि लाशहरू थिए।’

दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानी र १२ जना चालक दलका सदस्यसहित २४१ जनाको मृत्यु भएको हो । विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र एक क्यानेडियन नागरिकसहित जम्मा २३० यात्रु थिए । 

यसमा १०३ पुरुष, ११४ महिला, ११ बालबालिका र २ नवजात शिशु थिए। बाँकी १२ जना चालक दलका सदस्य थिए ।

विमान उडान भर्ने बित्तिकै २दशमलव५ किलोमिटर टाढा रहेको बीजे मेडिकल एण्ड सिभिल अस्पतालको भवनमा ठोक्किएको थियो। अहमदाबाद सिभिल अस्पतालका डाक्टरहरू सो भवनमा बस्छन्। 

जानकारी अनुसार दुर्घटनाको समयमा भवनमा ५० देखि ६० डाक्टरहरू उपस्थित थिए, जसमध्ये १५ भन्दा बढी घाइते भएका छन् ।

गृहमन्त्री अमित शाहले शव पहिचान गर्न १००० भन्दा बढी डीएनए परीक्षण गरिने बताएका छन् । गुजरातमा यति ठूलो संख्यामा परीक्षण गर्ने क्षमता छ।

अस्पतालमा डीएनए परीक्षणको काम चलिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आज घटनास्थल पुग्नेछन् ।

 

Previous Post

आफ्नै मालिकलाई यौन दुर्व्यवहारमा फँसाउन खोज्दा…

Next Post

पोखराका सुनचाँदी पसल आज पनि बन्द, निरन्तर आन्दोलन गर्ने चेतावनी

Next Post

पोखराका सुनचाँदी पसल आज पनि बन्द, निरन्तर आन्दोलन गर्ने चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन