पोखरा । रौतहटमा आज बिहान चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा रौतहटको गरुडा नगरपालिका वडा नं १ जयनगर टोलका ६५ वर्षीय सियाराम बनिया छन् ।
चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






