• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

‘शान्ति र गणतन्त्र स्थापनामा गिरिजा प्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठी हुने

नीतिप्रेस by नीतिप्रेस
September 15, 2025
in गण्डकी प्रदेश, राजनीति, समाचार
0
गिरिजा प्रसाद कोइराला

गिरिजा प्रसाद कोइराला

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको १०१औँ जन्मोत्सवका अवसरमा ‘शान्ति र गणतन्त्र स्थापनामा गिरिजा प्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठी हुने भएको छ ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन पोखरा महानगर समितिले गोष्ठी आयोजना गरेको हो । कार्यक्रम यही असार २१ गते पोखरामा हुनेछ । कार्यक्रममा प्रमुख वक्ताकारुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री महेश आचार्य सहभागी हुँदैछन् ।

साथै गण्डकी प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिका रुपमा सहभागी हुने फाउण्डेशनका सचिव भरतराज पौडेलले जानकारी दिए । कार्यक्रम भव्य बनाउनका लागि कास्कीका तीन वटै क्षेत्रका विभिन्न व्यक्तित्वलाई जिम्मेवारी दिइएको उनले बताए ।

फाउण्डेशनका गण्डकी प्रदेश संयोजक, संविधानसभा सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य शारदा पौडेलका अनुसार कार्यक्रमको तयारी तीव्र भइरहेको छ ।

कोइराला नेपालको राजनीतिमा एक अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक व्यक्तित्व भएको भन्दै पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया, र गणतन्त्र स्थापनामा खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताइन् ।

१० वर्ष लामो माओवादी सशस्त्र द्वन्द्व (जनयुद्ध) अन्त्य गर्न कोइरालाको नेतृत्व निर्णायक रहेको थियो । २०६३ सालमा उनले नेपाली कांग्रेस, अन्य सात दल, र माओवादीबीच १२ बुँदे सम्झौताको नेतृत्व गरे, जसले द्वन्द्व अन्त्यको मार्ग प्रशस्त गरेको थियो । कोइरालाले माओवादी नेताहरूसँग विश्वास र संवादको वातावरण निर्माण गर्दै विशेषगरी माओवादी नेता पुष्पकमल दाहाल (प्रचण्ड) सँगको सहकार्यले शान्ति प्रक्रियालाई गति दिएका थिए ।

शान्ति सम्झौपछिको संक्रमणकालीन चरणमा संविधानसभा निर्वाचन गराउन कोइरालाले सरकारको नेतृत्व गरे भने नयाँ राजनीतिक संरचना निर्माणको आधार तयार गरे ।

२०६३ सालको जनआन्दोलन (जनआन्दोलन द्वितीय) पछि उनले राजा ज्ञानेन्द्रबाट सत्ता फिर्ता गराउन निर्णायक भूमिका खेलेका कोइरालाले त्यो आन्दोलनको नेतृत्व गर्दै उनले पूर्ण लोकतन्त्र र गणतन्त्रको बाटो खोलिदिएका थिए।

आन्दोलनपछिको संक्रमणकालीन सरकारको प्रधानमन्त्री बनेर उनले संसद पुनस्र्थापना गरे भने राजसंस्थालाई हटाउने प्रस्ताव पारित गराए र अन्ततः गणतन्त्र स्थापना गरे । साथै राजनीतिक दलहरूबीच सहमति कायम गर्न, शान्ति सम्झौताबाट संविधान निर्माणसम्म उनी एकजुटताको प्रतीक बन्न सफल भए ।

कोइरालाको योगदान शान्ति स्थापना, लोकतन्त्रको पुनःस्थापना र गणतन्त्र स्थापनामा अतुलनीय छ । उनले सशस्त्र संघर्षलाई वार्तामार्फत लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्न सककै कारण उनलाई “शान्तिका शिल्पी” वा “गणतन्त्रका संस्थापक” भन्ने गरिन्छ ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनका गण्डकी संयाेजक शारदा पाैडेलकाे अपिल

Previous Post

चीनमा आएको भीषण बाढीले ८० हजारभन्दा बढी मानिस विस्थापित

Next Post

देशभरका सुनचाँदी व्यवसाय अनिश्चितकालीन बन्द गर्ने चेतावनी

Next Post

देशभरका सुनचाँदी व्यवसाय अनिश्चितकालीन बन्द गर्ने चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन