पोखरा । पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले एकीकृत कृषि प्रणालीको महत्व बढ्दै गएको बताउनुभएको छ ।
ललितपुरमा बिहीवार क्लाइमेट स्मार्ट डायरी फार्मिङ प्रोजेक्ट इन नेपाल शेयरिङ वर्कसप सम्बन्धी कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले पहिला पनि एकीकृत कृषि प्रणाली रहेको र पछि हट्दै गएको भन्दै उहाँले केही समय यता पुनः एकीकृत कृषि प्रणालीको महत्व बढ्न थालेको बताउनु भयो ।
उहाँले ग्रिन हाउस ग्याँसको इमिसनलाई कसरी घटाउने ? भन्ने कुरा महत्वपूर्ण रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एकीकृत कृषि प्रणालीको महत्व बढेको छ । रासयनिक मलले जमिनलाई बिगार्ने र दोस्रो पर्याप्त र महंगो हुन्छ । ग्रिन हाउस ग्याँसको इमिसनलाई कसरी घटाउने ? घटाउने कुरामा हामीले गरेको अभ्यास महत्वपूर्ण हुन्छ । नेपाल सरकार, नेपाल सरकारका आयोजनाहरु र सरकारले गर्न खोजेको काम पनि त्यही छ ।’
उहाँले पशुपालन क्षेत्र नेपालको जीविकोपार्जनका लागि महत्वपूर्ण क्षेत्र बनेको बताउनु भयो ।
कृषिजन्य चिजको उचित मूल्य पाउने गरी आवशयक योजना बनाउन जरुरी रहेको बताउनु भयो ।






