सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ६ छेत्पाको हायू परिवारका सदस्य पोखरामा भेटिएका छन् ।
उनीहरुलाई गगनगौंडास्थित दुई वटा घरमा कोठा भाडामा लिएर बसिरहेको अवस्थामा भेटिएका हुन् ।
उनीहरुलाई थप सोधपुछका लागि डाँडाकोनाक प्रहरी चौकीमा ल्याइएको छ ।
मंगलबार परिवारका सदस्यको जिम्मा लगाइने प्रहरीको तयारी छ ।
परिवारकै १६ जना चार दिनदेखि सम्पर्कविहीन भएको खबर सोमबार फैलिएको थियो
एकलासमा रहेको घरमा सोमबार प्रहरीसहितको टोली पुग्दासमेत कोही नभेटिएपछि सम्पर्कविहीन भएको भन्दै उनीहरुको खोजी व्यापक बनाइएको थियो ।
परिवारकै १६ जना चार दिनदेखि सम्पर्कविहीन भएको खबर सोमबार फैलिएको थियो ।
उनीहरु गाडी रिजर्भ गरेरै पोखरा आएको पाइएको छ ।






