• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

ऐतिहासिक बाटुलेचौर तीज मेलाको तयारी तिव्र, हम्काईलो भाका संरक्षण गर्नुपर्नेमा जोड

नीतिप्रेस by नीतिप्रेस
August 18, 2025
in धर्म/संस्कृति, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखराको बाटुलेचौरमा हुने ऐतिहासिक तीज मेला २०८२ को तयारी तिब्र पारिएको छ।

नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा यही भदौ ९ र १० गते स्थानीय बाटुलेचौर मैदानमा हुने मेलाको तयारी तिब्र पारिएको र विभिन्न उपसमितिले आ आफ्नो कामलाई निरन्तरता दिएको बताईएको छ। मेलाको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा मुल समितिका संयोजक एवं वडा सदस्य राजकुमारी बानियाँले २ दिनसम्म सञ्चालन हुने मेलाको तयारीमा मुल समिति र ८ वटा उपसमिति केन्द्रित भएको बताउनुभयो। वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बाटुलेचौरको मेला परापूर्वकालदेखि नै संचालन हुदै आएको ऐतिहासिक मेला भएकाले वडा कार्यालय यसको संरक्षक बनेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो -‘वडा कार्यालय मेलाको आयोजक होईन, संरक्षक हो र समन्वय गरिएको मात्र हो।’ वडा भित्र हुने धार्मिक, सांस्कृतिक मेला महोत्सवको प्रर्वद्धनका लागि स्थानीय सरकारको सदैव सहयोग रहने वडाध्यक्ष तिमिल्सिनाले बताउनुभयो। 

विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिताका संयोजक राम बहादुर बानियाँले आर्थिक असहजताका कारणले मेला छोटो भए पनि यसलाई सफलताका साथ सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। अर्थ व्यवस्थापन उपसमितिका संयोजक अनिल बस्नेतले मेला सम्पन्न गर्न करिब १३ लाख रुपैयाँ खर्च लाग्ने बताउँदै, यसका लागि विभिन्न व्यापारिक घराना र सहयोगीसँग अपेक्षा गरिएको जानकारी दिए। प्रचार प्रसार संयोजक मोहन थापाले मेला समग्र पोखरावासी कै भएको भन्दै, यसलाई सफल बनाउने दायित्व पनि पोखरेली कै भएको दावी गर्नुभयो।

सहभागी पत्रकार एवं विभिन्न समितिका संयोजकले तीजको परम्परागत हम्काईलो भाकालाई संरक्षण गर्ने र नयाँ पुस्तालाई जानकारी गराउने तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए। २ दिनसम्म सञ्चालन हुने मेलामा पहिलो दिन भदौ ९ गते विहान मैदान देखि महेन्द्र गुफासम्म प्रभातफेरी र महिला दौड, दिउँसो अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता हुने र भदौ १० गते मेलाको उद्घाटन सहित समुहगत तीज गीत प्रस्तुति तथा विविध सांस्कृतिक कार्यक्रम हुने र करिब २० टोली सहभागी हुने सहसंयोजक मन्जु नेपालीले जानकारी दिनुभयो। 

प्रचार प्रसार संयोजक मोहन थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मुल समितिका सदस्य भीम वहादुर गायकले गर्नुभएको थियो। वि.सं. १५२५ भन्दा अगाडी देखि नै बाटुलेचौरमा सेती गंगा नुहाएर आएका लामाचौर, अर्मला, घार्मी, कुरेचौर, हरिपाउँ, जुम्लेटी, भलाम लगायतका ठाउँका महिलाहरु जम्मा भएर गीत गाउने गरेको जानकारहरु बताउँछन्। 

Previous Post

लामाचौरको ईन्द्रराज्य लक्ष्मी माविको ७२ औं वार्षिकोत्सव सम्पन्न,उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित 

Next Post

युक्रेनमा रुसी आक्रमणः ९ जनाको मृत्यु, ४० घाइते

Next Post

युक्रेनमा रुसी आक्रमणः ९ जनाको मृत्यु, ४० घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन