• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक पारित

नीतिप्रेस by नीतिप्रेस
August 20, 2025
in नेपाली समाचार आजको
0
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी प्रदेश सभाले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने उद्देश्यले बनेको विधेयक ०८२ भदौ ३ गते पारित गरेको छ । विधेयकमाथिको छलफलमा सांसदहरू डिल्लीराम सुवेदी, भक्तबहादुर कुँवर, सुशिला सिंखडा, पञ्चराम गुरुङ र सुनीता थापाले आफ्नो राय व्यक्त गरेका थिए । सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले प्रस्तुत गरेको प्रस्तावलाई प्रदेश सभाले सर्वसम्मत रूपमा पारित गरेको हो ।

अब यो विधेयकले अपाङ्गता भएका व्यक्तिविरुद्ध हुने वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक र लैङ्गिक भेदभावलगायत सबै प्रकारका असमानता तथा उत्पीडन अन्त्य गर्ने विश्वास छ । यो विधेयकमा नागरिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सम्मान गरिएको छ । अपाङ्ग भएका व्यक्तिहरुको अधिकार, सशक्तिकरण गर्ने, समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्त अवलम्बज गर्ने विधेयकमा व्यवस्था छ ।

विधेयकमा शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक यातायातमा पहुँच, सहायक प्रविधिको उपयोग तथा आत्मनिर्भर जीवनशैली विकासका लागि आवश्यक व्यवस्था समेटिएको छ । विधेयक कार्यान्वयनमा आएपछि अपाङ्गता भएका व्यक्तिहरूलाई थप सुविधा र समान अवसरको सुनिश्चितता हुने जनाइएको छ ।

विधेयकअनुसार अपाङ्गताको वर्गीकरण तथा पहिचान संघीय ऐनअनुसार हुने व्यवस्था गरिएको छ । झुटा विवरण दिई परिचयपत्र लिने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने प्रावधान पनि राखिएको छ ।

यस ऐनमार्फत अपाङ्गता भएका व्यक्तिलाई सामुदायिक जीवन, संरक्षण, सहभागिता, सूचना तथा सञ्चार, आवतजावत, संस्था स्थापना, गोपनीयता, निःशुल्क शिक्षा, तालिम, रोजगारी र स्वरोजगार, निःशुल्क स्वास्थ्य सेवा, सामुदायिक पुनस्र्थापना, खेलकुद, कला, संस्कृति तथा मनोरञ्जनमा सहभागी हुने अधिकार सुनिश्चित गरिएको छ । यी अधिकारहरूको प्रभावकारी कार्यान्वयन गर्ने दायित्व प्रदेश सरकार र स्थानीय तहको हुने व्यवस्था गरिएको छ । शिक्षा, स्वास्थ्य तथा निर्देशन समिति गठनलगायतका संरचनात्मक व्यवस्था पनि विधेयकमा समावेश छन् ।

Previous Post

जापानिज इन्सेफ्लाइटिसबाट एकको मृत्यु, तीन सङ्क्रमित

Next Post

कारागारका कैदीको उपचारका क्रममा मृत्यु

Next Post

कारागारका कैदीको उपचारका क्रममा मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन