काभ्रे । नक्खु कारागारबाट भागेका एक कैदीले श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका-१२ स्थित गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।असोज ३ गते राति १ बजेतिरहत्या गरेको बुझिएको पनौती-१२ का वडाध्यक्ष जयराम केसीले बताए।
उनका अनुसार, शनिबारदेखि मनिषामा सम्पर्कमा थिइनन्। माइती पक्षलाई शंका लागेपछि खोजी गर्दा उनलाई घर (गागल) बाट करिब डेढ सय मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएको थियो।मनिषाको हत्यापछि सन्तबहादुर फरार छन्। ‘नख्खुकारागारबाट भागेको भनेर छिमेकीले एकदुई दिनअघि मात्रै थाहा पाएका थिए,’ केसीले भने, ‘घरमै लुकेर बसेको छ भन्ने छिमेकमा थाहा रहेछ, त्यसलगत्तैयस्तो घटना भयो।’ सन्तबहादुर चार वर्षअघि गाउँकै महिलामाथि जर्बरजस्ती करणी गरेको अभियोगमा करागार चलान भएका थिए।प्रहरी घटनास्थलमा जाँदै गरेको र विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।






