• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

‘सुरक्षा बिना विकास र निर्वाचन सम्भव छैन’

नीतिप्रेस by नीतिप्रेस
September 27, 2025
in नेपाली समाचार आजको, राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राजनीतिकशास्त्री तथा प्राध्यापक देवराज दाहालले भदौ २३ पछि निर्माण भएको देशको अवस्थालाई उच्चस्तरको राजनीतिक गतिशिलताको संज्ञा दिनुभएको छ । उहाँले विभिन्न पक्ष र समूहहरूले आफ्ना माग राखेर निरन्तर बार्गेनिङ गरिरहेको अवस्था देखिएको बताउनु भयो । हालैको युवा आन्दोलनले केवल सरकार मात्र नभई शासन प्रणालीमै परिवर्तन गरेको उहाँले दाबी गर्नुभयो । दाहालकाअनुसार आन्दोलनले अघि सारेका मुख्य एजेण्डा चारवटा रहेका छन् । पहिलो–१९ जना युवाको मृत्युबारे छानबिन, दोस्रो–भ्रष्टाचार नियन्त्रण, तेस्रो–फागुनभित्र निर्वाचन सम्पन्न गर्ने र चौथो–सुशासनका लागि अनुकुल वातावरण तयार गर्नु हो । 


दाहालले भन्नुभयो, ‘उच्चस्तरको रजनीतिक गतिशिलता भन्छु । उच्चस्तरको राजनैतिक गतिशिलता त्यस्तो अवस्था हो जहाँ चाहीँ हरेक पक्षले बार्गेनिङ्ग गरिराखेको हुन्छ । आफ्नो मागहरु राख्न, आफ्नो मागहरु परिपूर्ति गराउनका निम्ति र आफ्नो स्थान सुरक्षित गराउनका निम्ति यही सन्दर्भमा विभिन्न समूहहरुले आफ्नो चाहीँ मागहरु राखीरहेका छन् । अहिले युवा पुस्ताहरुले जुन आन्दोलन गरे यसले सरकार मात्र परिवर्तन गरेन कि, यसले एउटा एक किसिमको रिजीम नै चेन्ज ग¥यो । इलेक्टेड गभर्मेण्टहरु चेन्ज भए । अहिले नन् इलेक्टेड गभर्मेन्टहरु रिभोल्टको म्यान्डेटमा उनीहरु चाहीँ आइरहेका छन् । फुल फर्म त भइसकेको छैन ।

तीन, चार वटा कुराहरु उहाँहरुले चाहीँ ऊ गर्नुभभएको छ । एउटा चाहीँ त्यो बेलामा जुन मरे १९ जना युवाहरु उनीहरुको चाहीँ बारेमा अनुसन्धान गर्ने । अनि दोस्रो चाहीँ करप्सनलाई, करप्सन सम्बन्धि चाहीँ त्यसलाई कन्ट्रोल गर्ने । तेस्रो चाहीँ निर्वाचन हैन ? गर्ने फाल्गुन भित्रमा र एउटा सुशासनको लागि राम्रो वातावरण तयार गर्ने ।’ 


सुरक्षा बिना विकास र निर्वाचन सम्भव छैन 
दाहालले सुशासनको आधारभुत पूर्वशर्त राष्ट्रिय तथा सार्वजनिक सुरक्षा भएको बताउनु भयो । सुरक्षा सुनिश्चित नगरी विकास, निर्वाचन र राजनीतिक प्रक्रियाहरू प्रभावकारी रूपमा अघि बढ्न नसक्ने उहाँको भनाइ छ । उहाँले सुरक्षालाई स्थिर बनाउन सकिएन भने अन्य सुधारका एजेण्डा व्यवहारमा लागू हुन असम्भव रहेको औंल्याउनु भयो ।


उहाँले भन्नुभयो, ‘कुनैपनि सुशासनमा पहिलो शर्त भनेको नै राष्ट्रिय सुरक्षा हो सार्वजनिक सुरक्षा हो । सुरक्षाको शुन्यतामा त्यहाँ चाहीँ विकास पनि हुदैन, निर्वाचन पनि हुदैन र राजनैतिक प्रकियाले पनि काम गर्दैन त्यसैले पहिले त्यसलाई कसरी स्टाबिस्ट गर्न सकिन्छ त्यतापट्टि लाग्नुपर्छ ।’
दाहालले राजनीतिक दल र राज्य संयन्त्रले सुरक्षालाई प्राथमिक एजेण्डा बनाएर मात्रै सुशासन, सुशासनसँग जोडिएका विकास योजनाहरू र लोकतान्त्रिक प्रक्रियाहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउनसक्ने उल्लेख गर्नुभयो । 
दलहरूले सरकार र संवैधानिक अंग कब्जा गर्दा निष्पक्षता कमजोर
राजनीतिक दलले सरकारदेखि संवैधानिक अंगसम्म कब्जा गरेर निष्पक्षता कमजोर पारेको परिणाम  स्वरुप आज यो अवस्था सिर्जित भएको राजनितिक विश्लेषक दाहालले बताउनु भयो । दलहरूले सत्ता मात्र नभएर व्यवस्था र राज्यका धेरै संवैधानिक संस्थाहरू समेत आपसमा बाँडफाँड गरेको उहाँको आरोप छ । सोही कारण ती संस्थाहरूले स्वतन्त्र रूपमा काम गर्न नसक्दा देशले विकासको गति लिन नसकेको उहाँको भनाइ छ । 


उहाँले भन्नुभयो, ‘पार्टीहरुले सरकार पनि कब्जा गरे । व्यवस्था पनि कब्जा गरे र राज्यका राज्यका धेरै संवैधानिक अंगहरु पनि वितरण गरे आफू आफूमा वितरण गरे । त्यसले गर्दाखेरी त्यसले निष्पक्ष रुपमा काम गर्न सकेन ।दलतन्त्र हाबी हुँदा देशमा शक्ति सन्तुलन बिग्रियो
मुलुकमा दलतन्त्र हाबी हुँदा शक्ति सन्तुलन र नेतृत्वमा समस्या बढेको उहाँले बताउनु भयो । राष्ट्रिय अखण्डता, सुशासन, शान्ति–सुव्यवस्था र लोकतन्त्रमा प्रतिकुल असर पारेको प्राध्यापक दाहालको भनाई रहेको छ । उहाँकाअनुसार पार्टी शब्द फ्रेन्च भाषाबाट आएको ‘पार्ट’ हो ‘होल’ होइन । तर जब पार्टले होललाई नियन्त्रण गर्छ, तब हात्तीको पुच्छरले हात्तीलाई थिचेजस्तो अवस्था सिर्जना हुन्छ । यसले जनतामाझ दबाबपूर्ण वातावरण सिर्जना हुने र युवा पुस्ता, श्रमिक, पढेका–लेखेका व्यक्ति र व्यापारीहरूले देश छाड्ने क्रम बढ्ने दाहालले औंल्याउनु भयो । 
उहाँले भन्नुभयो, ‘पार्टी भनेको त फ्रेन्च भाषाबाट आएको पार्ट हो । होल होइन ।

त्यसैले पार्टले होललाई डोमिनेन्ट गर्यो भने देखी हात्तिको पुच्छरले हात्तिलाई थिचेको जस्तो हुन्छ । यसले गर्दाखेरी हाम्रो नेतृत्वमा के भयो भन्दा शक्तिको वितरण कसरी हुन्छ । शक्तिको सन्तुलन कसरी हुन्छ । होइन राष्ट्रिय अखण्डता प्रणाली कसरी विकसित गर्ने र सुशासन कसरी कायम हुन सक्छ देशमा । शान्ति सुव्यवस्था विकास होइन, र लोकतन्त्र सुदृृण कसरी हुनसक्छ ? त्यो भएन हैन ? बढि दलतन्त्र भएको हुनाले चाहीँ जनताहरुमा पनि एउटा सफोकेटिङ इन्भ्यारोमेन्ट थियो । यसले गर्दा के भयो भन्दाखेरी युवा पुस्ता पनि देश छाड्ने, श्रमिकहरु पनि देश छोड्ने, होइन ? पढोलेखेका मान्छे पनि देश छाड्ने, व्यापारी पनि देश छाड्ने हुदाँखेरी यो के भयो भन्दाखेरीखेरी देशमा जुन गतिशिल शक्ति हो नि समाजलाई परिवर्र्तन गर्ने त्यो शक्ति चाहीँ कमजोर भएर गयो ।’
दाहालका दृष्टिमा पनि अत्यधिक दलतन्त्रले मुलुकको विकास, स्थिरता र शान्ति प्रक्रियामा चुनौती सिर्जना गरेको बताउनु भयो । 


प्रविधिको प्रयोगले आन्दोलन सफल 
मुलुकमा यो भन्दा अगाडि थुप्रै आन्दोलनहरु असफल भइरहेको अवस्थामा जेन—जी पुस्ताको आन्दोलन सफल हुनुको मुख्य कारण प्रविधिको प्रयोग भएको दाहालले बताउनु भयो । प्रविधिको प्रयोगले आन्दोलन सफल भएको उहाँको दाबी छ । यो पुस्ता प्रविधिको प्रयोगमा अब्बल रहेको भन्दै उहाँले आन्दोलनमा देशभर सूचनाको प्रवाह भएकाले सरकार परिवर्तन हुने स्थितिमा पुगेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘युवा पुस्ताभन्दा पनि अगाडि पनि अरु–अरुले पनि गरेका हुन् आन्दोलनहरु तर त्यो तुइएर गयो । युथ यिनीहरु चाहीँ सफल भयो । त यो सफल हुनुको कारण चाहीँ के हो भन्दा यिनिहरुले इन्फर्मेसन टेक्नोलोजी युज गर्यो । सूचना प्रणालीहरु युज ग¥यो । ’ 

जेन—जी पुस्तालाई संगठित रुपमा अघि बढ्न सुझाव 
उहाँले विशेषगरी जेनजी पुस्तालाई आफूलाई अनुशासनमा राखेर विवेकपूर्ण निर्णय लिन र राजनीतिक वातावरणमा सक्रिय हुन सुझाव दिनुभएको छ । दाहालले देशमा राम्रो वातावरण सृजना गर्नका लागि संगठित शक्तिका आवश्यक रहेको बताउनु भयो । त्यसका लागि पार्टी निर्माण गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनु भयो । 


उहाँले भन्नुभयो, ‘अनि नयाँ जेनजी पुस्ताले पनि आफँलाई एउटा अनुशासनमा राख्ने । इमोशन, आवेगमात्र होइन विवेक पनि प्रयोग गर्ने हैन ? वातावरण सृजना गर्नका निम्ति एउटा, एउटा संगठित शक्तिका रुपमा उदाउनका निम्ति पार्टीको निर्माण गर्नु उनीहरुले आवश्यक छ । पार्टीको निमार्ण गरेर उनीहरुले एउटा प्रेसर भइराख्यो भनेदेखि, यता पनि प्रेसर पर्छ त्यसको । पुराना पार्टीहरुमा र उनीहरुले पनि हामी त सुधार हुनु्पर्छ भनेर । अहिले नै आइसक्यो नि त अब हामी सुधारीन्छौ भनेर । एमालेमा पनि भनि राखेको छ ।

काँगे्रसका नेताहरुले पनि भनिराखेका छन् अब हामी सुधारिन्छौ भनेर । अनि माओवादीमा पनि अब हामी सुधारिन्छौ भनेर उनीहरुले दिइसके ।त्यसैले सुधारको बाहेक अरु उपाय छैन ।’जेन—जी पुुस्ता पनि संगठित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । यसले नयाँ पुस्तालाई सक्रिय बनाउने र पुराना दलहरूलाई सुधारतर्फ प्रेरित गर्ने जिकीर गर्नुभयो । यसले देशमा लोकतान्त्रिक प्रक्रियामा सुधार र युवा सहभागिता बढाउनेमा उहाँको भनाई छ ।

Previous Post

व्यापारी भन्छन्ः ‘सडक अवरुद्ध भइरहे दशैँमा काठमाडौंमा मासुको माग पूरा गर्न सक्दैनौँ’

Next Post

सर्बियाको अन्तर्राष्ट्रिय रक्षा मेला सम्पन्न

Next Post

सर्बियाको अन्तर्राष्ट्रिय रक्षा मेला सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन