• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लोक संगीतमा तीन दशकको यात्रा : बेल बहादुर परियारको कथा

नीतिप्रेस by नीतिप्रेस
February 5, 2026
in कला-साहित्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लोक तथा दोहोरी गायक बेल बहादुर परियारको नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ को म्युजिक भिडियो मङ्गलबार बर्दिबासमा आयोजित विमोचन समारोहबीच सार्वजनिक गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा गौतम होटल, बर्दिबासमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापा प्रमुख अतिथि तथा बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री विशिष्ट अतिथिका रूपमा सहभागी थिए । उनीहरूले संयुक्त रूपमा भिडियो विमोचन गरेका हुन् ।

गीतमा बेल बहादुर परियार र प्रतिमा अर्यालको स्वर, शब्द तथा संगीत परियारकै रहेको छ । एरेञ्ज, मिक्स तथा मास्टरिङ राजिव शाहले गरेका छन् । भिडियोमा सन्जिब ठकुरी र सुजाता भट्टराईको अभिनय रहेको छ भने निर्देशन मिलन श्रेष्ठले गरेका छन् । कोरियोग्राफी राजाराम सिंखडा र छायाङ्कन सन्तोष तिमल्सिनाको रहेको छ ।

कार्यक्रममा बोल्दै मेयर प्रह्लाद कुमार क्षेत्रीले स्थानीय कलाकारको संरक्षण र प्रवर्द्धन नगरपालिकाको प्राथमिकतामा रहेको बताए । उनले लोक संगीतको माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुने उल्लेख गरे ।

प्रमुख अतिथि सारदा देवी थापाले गायक परियारको सांगीतिक योगदानको प्रशंसा गर्दै संघर्षशील कलाकारलाई राज्य, समाज र मिडियाले साझा रूपमा प्रोत्साहन गर्नुपर्ने बताइन् ।

गीत विमोचन समारोहमा समाजसेवी, पत्रकार, राजनीतिक प्रतिनिधि, कलाकार तथा संगीतप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बिनोद ढुङ्गेलले गरेका थिए ।

मिडिया पार्टनरका रूपमा ॐकार टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘पञ्चामृत’ रहेको थियो ।
‘फूल खसिगो, माया बसिगो’ म्युजिक भिडियो गायक बेल बहादुर परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतको लिङ्क:
https://youtu.be/EXUnaiSIqC8?si=uj3RY3q9Bs1WHRwq

Previous Post

रास्वपाद्वारा कास्की–२ को वडा २० मा सम्पर्क कार्यालय स्थापना

Next Post

नेका रुपा गाउँ पालिका वडा नं ६ मा सम्पर्क कार्यालय स्थापना

Next Post

नेका रुपा गाउँ पालिका वडा नं ६ मा सम्पर्क कार्यालय स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन