• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्की–१ मा उत्साहको लहर : गनेस पौडेलको संवाद यात्रामा जनताको भरोसा

नीतिप्रेस by नीतिप्रेस
February 5, 2026
in राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की क्षेत्र नम्बर १ मा यतिबेला चुनावी माहोलसँगै उत्साहको लहर देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार गनेस पौडेलको “स्थानियसँग संवाद यात्रा” क्रममा टोल–टोलमा नागरिकको सक्रिय सहभागिता र आशावादी आवाज सुनिन थालेको छ।

बुधबार रुपा गाउँपालिकामा संवाद यात्रा सञ्चालन भएको छ । बिहान ८ बजे खोलाको छेउबाट शुरु भएको संवाद यात्रा १० बजे तालबेसी, मध्यान्ह १२ बजे काउरे, २ बजे हंसपुर र साँझ ४ बजे हाँस पोखरी क्षेत्रमा पुग्दा स्थानीयहरू खुलेरै आफ्ना कुरा राख्दै उम्मेदवारलाई स्वागत गरेको दृश्य देखिन्थ्यो । कतिपय ठाउँमा स्थानीयले फूलमाला र शुभकामनासहित समर्थन व्यक्त गरेका थिए।

संवाद यात्रामा सहभागी एक युवाले भने, ‘अब देश बदलिने आशा पलाएको छ। हामी भोट हाल्न आतुर छौं, किनकि अब काम गर्ने नेतृत्व चाहिएको छ।’ अर्का एक ज्येष्ठ नागरिकले भावुक हुँदै भने, ‘हामीले धेरै वर्ष कु¥यौं। अब देशको मुहार हाँसेको हेर्न चाहन्छौं। इमान्दार नेतृत्व आए परिवर्तन सम्भव छ भन्ने विश्वास लागेको छ।’ महिलाहरूले पनि शिक्षा, स्वास्थ्य, रोजगारीका विषय उठाउँदै ‘अब आश्वासन होइन, परिणाम चाहिन्छ” भन्ने सन्देश दिएका थिए।’

उम्मेदवार गनेस पौडेलले जनताको आशा र विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए। ‘म राजनीतिमा पदका लागि होइन, देशको अवस्था सुधार्न आएको हुँ। युवाले अवसर नपाएर विदेशिनुपर्ने अवस्था अन्त्य होस्, सेवा सहज होस्, र जनताले सिंहदरबारलाई आफ्नै जस्तो अनुभूति गर्न सकून् भन्ने मेरो लक्ष्य हो ।’ उनले भने।

उनले पारदर्शिता, सुशासन र स्थानीय आवश्यकतामा आधारित विकासलाई प्राथमिकता दिने प्रतिबद्धता पनि जनाए। ‘जनताको अनुहारमा मुस्कान ल्याउने राजनीति गर्नुपर्छ। देशको मुहार हाँस्न जनताको विश्वास जित्नु पहिलो शर्त हो ।’ पौडेलले थपे।

रास्वपाको क्षेत्रीय टिमका अनुसार संवाद यात्रा आगामी दिनहरूमा ग्रामीण भेगमा पनि निरन्तर जारी रहनेछ। घरदैलो भन्दा गहिरो संवादमार्फत मतदाताको मन जित्ने अभियानले कास्की–१ मा चुनावी माहोललाई थप जीवन्त बनाएको छ। संवाद यात्रा अन्र्तगत माघ २२ गते पोखरा ३० खुदि हुदै गगन गौडा र लक्ष्मी आदर्श सिरामणि चोक मा हुने कार्यक्रम तय भएको निर्वाचन कमाण्डर श्रीकृष्ण न्यौपानेले जानकारी दिएका छन ।

Previous Post

नेका रुपा गाउँ पालिका वडा नं ६ मा सम्पर्क कार्यालय स्थापना

Next Post

निष्ठा र आदर्शको राजनीति गर्ने माधव कास्की – २ मा जनताको मन जित्दै

Next Post

निष्ठा र आदर्शको राजनीति गर्ने माधव कास्की – २ मा जनताको मन जित्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन