• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गीतकार नेपाल रानाभाटको सायद मैले सकिनँ कि… को म्युजिक भिडियो सार्वजनिक

नीतिप्रेस by नीतिप्रेस
April 26, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, वैशाख १३ गते । गीतकार नेपाल रानाभाट सुबोध को सायद मैले सकिनँ कि… बोलको नयाँ गीतको म्युजिक भिडियो आइतवार पोखरामा सार्वजनिक गरिएको छ ।

गीतकार प्रतिष्ठान,नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले भिडियो विमोचनपछि बोल्दै साहित्यकार/गीतकारहरू समाजकै अङ्ग भएकाले समाजसापेक्ष सिर्जना लेख्ने गरेको धारणा राखे । जीविकोपार्जनका लागि पेसागत रूपमा विविध क्षेत्रमा क्रियाशील भए पनि गीतकार,सङ्गीतकार र कलाकारले आफूभित्रको सिर्जनशीलता प्रस्तुत गर्ने कुरामा लाग्नुपर्ने सरुभक्तको भनाइ थियो । उनले नेपाल रानाभाट शैक्षिक प्रशासनका क्षेत्रमा क्रियाशील भएर पनि आफूभित्रको सिर्जनशीलतालाई सुन्दर ढङ्गले प्रस्तुत गरिरहेको बताए ।

गीतकार रानाभाटले लेखनदेखि भिडियो निर्माणसम्मको अनुभव सुनाउँददै आफूले कुनै पनि गीत सार्वजनिक गर्नुअगि लक्षित वर्गलाई देखाएर मात्र सार्वजनिक गर्ने गरेको बताए । उनले गीतमा समाजको कथा समेट्ने प्रयास गरेको भन्दै भिडियोले गीतलाई न्याय गरेको अनुभूति सुनाए । शिक्षा तालिम केन्द्र,गण्डकी प्रदेशका तालिम प्रमुखसमेत रहेका रानभाटका यसअगि करिब १ दर्जन गीत रेकर्ड भएका छन् । उनको समयका स्वरहरू नामक मुक्तक सङ्ग्रह पनि प्रकाशित छ । रानाभाटकै रचनामा केही समयअगि सार्वजनिक भएको तिम्रो माया फूल जस्तै बसायो… बोलको गीतको म्युजिक भिडियो निकै लोकप्रिय बनेको छ ।

कार्यक्रममा साहित्यकार प्रा. डा. देवी नेपालले रानाभाटको प्रशासनिक र गीतकारिताको चर्चा गरे । उनले आँखाको गीतकार,मस्तिष्कको गीतकार र मुटुको गीतकार गरी तीन प्रकारको गीतकार हुने चर्चा गर्दै रानाभाटलाई मुटुको गीतकार का रूपमा चित्रण गरे । मानवीय संवेगलाई छोएर लेख्न सक्ने गीतकार नै मुटुको गीतकार हुने भन्दै उनले रानाभाटको संवेगात्मक गीतलाई भिडियोले थप जीवन्तता दिएको बताए ।

प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकाल,गायक पुरुषोत्तम न्यौपाने,तनहुँ सम्पर्क समाजकी अध्यक्ष भुवन पराजुली काफ्ले,गायक भीम लिम्बू,भिडियोका निर्देशक तथा पोखरा थिएटका अध्यक्ष परिवर्तनलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।

गीतकार स्वयम् रानाभाटको सङ्गीत तथा रचना रिमाल र भीम लिम्बूको स्वर रहेको म्युजिक भिडियोमा रमेश तिमिल्सिना,सरिता दानकुटी र नेपाल रानाभाट सुबोध को अभिनय रहेको छ । भिडियो ओएसआर डिजिटल युट्युबमा हेर्न सकिन्छ ।

Previous Post

घुस लिँदा कास्कीका प्रहरी हवल्दार पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन