• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

१० औं रारा पोखरा स्पोर्टस् अवार्डमा स्पेशल अवार्डका लागि नेलम्बो नेपालको सहयोग

नीतिप्रेस by नीतिप्रेस
April 29, 2026
in Uncategorized, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।

विपन्न समुदाय र जैविक विविधता साझेदारी संस्था (नेलम्बो) नेपालले १० औं रारा पोखरा स्पोर्टस अवार्डमा सहकार्य गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख ३१ गते पोखराको इभेन्ट सेन्टरमा सम्पन्न हुने १० औं संस्करणको पोखरा स्पोर्टस् अवार्डमा प्रदान गरिने स्पेशल अवार्डमा सहयोग गर्ने गरी नेलम्बो नेपालले सहयोग गर्ने भएको हो ।

पोखरा स्पोर्टस अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था र नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा बीच पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सो अवसरमा वोल्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले विशेष गरी सामुदायिक स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आइरहेको नेलम्बो नेपालले स्वास्थ्य र समृद्धिका लागि खेलकुद भन्ने नाराका साथ स्थापित नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्न लागेको पोखरा स्पोर्टस अवार्डमा सहकार्य गर्न पाउदा गौरवान्वित भएको बताए । स्पोर्टस अवार्डमा रहेको स्पेशल अवार्डका लागि सहयोग संगै अवार्ड समारोह स्थल पोखरा ईभेन्ट सेन्टरमा स्वास्थ्य सचेतनामुलक बुँथ (नाक,कान र दाँत सम्बन्धी ) आयोजना गरिने देवकोटाको भनाइ रहेको थियो । नेलम्बो नेपालले गण्डकी प्रदेशमा स्थानिय सरकार,स्वास्थ्यकर्मी,विभिन्न संघ संस्थाहरु संग सहकार्य गरी शिसु स्याहार तथा संरक्षण सम्बन्धि समेत सचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेको देवकोटाले बताए ।

त्यस्तै खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले नेलम्बो नेपालले सामुदायिक स्तरमा स्वास्थ्य सम्बन्धी सेचतनामुलक कामहरु गर्दै आइरहदा खेलाडी,खेलक्षेत्रमा लागेको अग्रज ब्याक्तित्व र संघ संस्था र पत्रकारलाई समेत सम्मान गर्ने कार्यक्रममा सहकार्य गरेकोमा नेलम्बो नेपाल प्रति आभार प्रकट गरे । नेलम्बो नेपालले समुदाय स्तरमा त्यो पनि अति विपन्न परिवार सम्म पुगेर स्वास्थ्य प्रति पु¥याएको योगदानको मगरले प्रशंसा समेत ब्यक्त गरे ।

आगामी वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड,वर्ष उत्कृष्ट प्रशिक्षक,वर्ष उत्कृष्ट खेलाडी पुरुष,वर्ष उत्कृष्ट महिला,वर्ष उदियमान खेलाडी,वर्ष उत्कृष्ट खेल संघ संस्था,पिपुल्स च्वाइस अवार्ड,स्पेशल अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छभने स्पेशल अवार्डका लागि नेलम्बो नेपालले प्रायोजन गरेको छ ।

अवार्डका लागि गण्डकी प्रदेश सरकार,प्रदेश खेलकुद परिषद् गण्डकी,पोखरा महानगरपालिका,राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ,केल्मी नेपाल,नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ,होटल क्राउन प्लाजा काठमाण्डौ,फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा पोखरा लेकसाईड,जिल्ला खेलकुद बिकास समिति कास्की,बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ (हङकङ),रुपा गाउँपालिका,मादी गाउँपालिका,अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेष सहयोग रहेको छ ।

त्यसैगरी सहयोगीहरुमा टाइगर ग्रुप अफ पोखरा,सहारा क्लब,तमु धिँ युके,फ्रयाङकलिंक एजुकेशन,पोखरा उद्योग वाणिज्य संघ,लेखनाथ उद्योग वाणिज्य संघ,भूतपूर्व खेलाडी मञ्च,मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने,पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष मोहन घले,विनोद गुरुङ,जापानबाट युवराज गुरुङ,निशान रानामगर,रमेश कुमार गुरुङ,पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन,किरण थापा अष्टे«ेलिया र राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि (राइनो क्याफे एण्ड शवार्मा स्टेशन),शिद्धार्थ पाण्डे कम्प्युटर सेन्टर न्युरोड,दीपक थापा(पूर्व वडा सदस्य पो.म.न.पा. १०) लामा कलेक्सन न्यूरोड पोखरा,हेम्जाकोट होमस्टे कास्की रहेका छन । अन्य सहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको छ ।

Previous Post

पोखरामा पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्रि प्रशिक्षण सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन