• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रासस गण्डकी प्रदेश प्रमुख पौडेललाई मिलेनियम अवार्ड प्रदान गरिने

नीतिप्रेस by नीतिप्रेस
June 2, 2026
in Samachar, विविध
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


मिलेनियम ट्रेक व्यवस्थापन समितिले राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेललाई मिलेनियम अवार्ड प्रदान गर्ने भएको छ ।
समाचार सम्प्रेषणका माध्यमबाट मिलेनियम ट्रेकको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै आगामी जेठ २३ गते नेपाल पर्यटन बोर्डको केन्द्रीय कार्यालय काठमाडौंमा एक समारोहका बीच पौडेललाई अवार्ड प्रदान गरी सम्मान गर्न लागिएको हो ।

उहाँलाई १५ हजार पाँच सय ५५ रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्र सहित अवार्ड प्रदान गर्न गर्न लागिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुभयो ।

अर्वाडका लागि एक लाख ११ हजार १११ रुपैयाँ अक्षयकोष राखिएको छ । यस अघि उक्त अवार्डबाट टान गण्डकी एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष डम्बर केसीलाई सम्मान गरिएको थियो ।

अवार्डबाट सम्मानित बन्न लाग्नुभएका पौडेल यस अघि राष्ट्रिय समाचार समितिबाट दुुई पटक वर्ष उत्कृष्ट आलेख पुरस्कार प्राप्त गर्नुुभएको थियो ।
उहाँले पत्रकारिताका माध्यमबाट समाजमा योगदान पुु¥याएवापत पोखरा बृद्धाश्रमद्वारा सञ्चालित ऋषिलिला पत्रकारिता पुरस्कार, गुरुङ पर्यटन व्यवसायी संघ(जिटिन) गण्डकी प्रदेशबाट पत्रकारिता सम्मान, पर्यटन यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशबाट पत्रकार सम्मान, दहचोक एकता सम्मान, चन्द्रागिरी पत्रकार सम्मान, अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार, गाउँ पर्यटन पत्रकारिता पुरस्कार, लेखनाथ पत्रकारिता पुरस्कार, संरक्षण पत्रकारिता पुरस्कारका साथै एगा, टेवान सहितका पर्यटनसम्बद्ध संघसंस्था, एग्रो टुरिज्म सहकारी, सिलिङ्गे महिला चेतना समूह, मिलनसार सहकारी लगायत दर्जनौं संघसंस्थाबाट पुरस्कृत तथा सम्मानित बनिसक्नुुभएको छ ।

बि.सं.२०६३ सालदेखि राससमा आवद्ध पौडेल त्यस अघि जनमन्थन साप्ताहिकमा स्तम्भ लेखनका साथै कीर्तिपुरबाट प्रकाशित इभिनिङ टाइम्स साप्ताहिकमा सह सम्पादक, स्वर्णिम सन्देश साप्ताहिकमा सम्पादकको जिम्मेवारी सम्हाल्नुु भएको थियो । पौडेल पोखराका पर्यटन सम्बद्ध संघ संस्थाहरूको छाता संगठन पोखरा पर्यटन परिषद्का प्रेस सल्लाहाकार समेत हुनुहुन्छ ।

तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने मिलेनियम ट्रेक सन् २००० देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । हिमाली एवम् पहाडी भूदृश्यहरू अवलोकन गर्दै बालकदेखि बृद्धसम्म सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यस पदमार्गमा विभिन्न ऐतिहासिक कोट, दरबार, गुफा आदिको अवलोकन गर्न सकिन्छ । छ रात सात दिनको समयावधिमा पदयात्रा गर्न सकिने यो पदमार्ग चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य हो । तीन सय प्रजातिका चरा पाइने यस पदमार्गका ठाउँ ठाउँमा नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर प्रशस्त मात्रामा देख्न सकिन्छ ।

Previous Post

जिसस कास्कीद्वारा अपुरा आयोजनालाई प्राथमिकतामा बजेट निर्माण गर्न प्रदेश सरकारलाई सिफारिस

Next Post

आमाहरूको अतुलनीय योगदानलाई सम्मान गर्दै पोखरामा विशेष कार्यक्रम सम्पन्नपोखरा

Next Post

आमाहरूको अतुलनीय योगदानलाई सम्मान गर्दै पोखरामा विशेष कार्यक्रम सम्पन्नपोखरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन