• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रारा पोखरा स्पोर्ट्स अवार्डमा ७ लाख ७१ हजार रुपैयाँ बचत

नीतिप्रेस by नीतिप्रेस
July 27, 2026
in समाचार
0
रारा पोखरा स्पोर्ट्स अवार्डमा ७ लाख ७१ हजार रुपैयाँ बचत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड २०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ।मञ्चले आइतबार अवार्डको आय व्यय सार्वजनिक तथा समीक्षात्मक छलफल कार्यक्रम आयोजना गरी उक्त रकम बचत भएको जानकारी दिएको हो। अवार्ड कार्यक्रमका लागि कुल ३४ लाख ७५ हजार ९ सय ३८ रुपैयाँ आम्दानी भएको थियो भने २७ लाख ४ हजार ५ सय २० रुपैयाँ खर्च भएपछि उक्त रकम बचत भएको हो।

गत वैशाख ३१ गते पोखरा ६ स्थित पोखरा इभेन्ट सेन्टर मा सम्पन्न भएको अवार्ड कार्यक्रमको मुख्य प्रायोजन हिमश्री फुड्स प्रालि को रारा तयारी चाउचाउ ले गरेको थियो। सह प्रायोजकका रूपमा गुरुङ गहना घर प्रालि र केल्मे नेपाल रहेका थिए।

कोषाध्यक्ष विमल तिवारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, विभिन्न स्थानीय तह, खेल संस्था, व्यावसायिक प्रतिष्ठान तथा देश विदेशमा रहेका खेलप्रेमी र पूर्वखेलाडीहरूको आर्थिक सहयोगबाट कार्यक्रम सम्पन्न भएको मञ्चले जनाएको छ।खर्चतर्फ सबैभन्दा बढी पुरस्कार वितरणमा १० लाख ३७ हजार ४ सय ६० रुपैयाँ खर्च भएको छ। खाजा, खाना तथा आवासमा ६ लाख ९८ हजार ३ सय ६४ रुपैयाँ, ट्रफी तथा ट्र्याकसुट खरिदमा ४ लाख २२ हजार रुपैयाँ, सांगीतिक कार्यक्रम सञ्चालनमा ४ लाख ५० हजार रुपैयाँ तथा अन्य शीर्षकमा खर्च गरिएको मञ्चले जनाएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अवार्ड कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सरकारी निकाय, स्थानीय तह, व्यावसायिक संस्था, खेल संस्था, खेलाडी, पूर्वखेलाडी तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहकार्यको अपेक्षा गरेको जनाएको छ।

कार्यक्रममा मञ्च गण्डकीका अध्यक्ष एम्बी आस्थामगरले विगतका कमजोरीबाट पाठ सिक्दै संस्थाका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। प्रविधिको विकाससँगै खेलकुद पत्रकारिताको शैलीमा पनि सुधार ल्याउनुपर्नेमा उनको जोड थियो।उनले राजधानी केन्द्रित ठूला कार्यक्रमको प्रभावलाई तोड्दै पोखरा स्पोर्ट्स अवार्ड ले देशभर बेग्लै पहिचान बनाउन सफल भएको बताए।

विगतका समयमा भएका गल्ती र कमजोरीलाई सुधारेर अझ व्यवस्थित रूपमा अगाडि बढ्नु अहिलेको आवश्यकता हो, उनले भने, काठमाडौंमा मात्र भव्य कार्यक्रम हुन्छन् भन्ने भ्रमलाई पोखरा स्पोर्ट्स अवार्डले चिर्न सफल भएको छ र देशकै प्रतिष्ठित अवार्डका रूपमा यसले आफ्नो स्थान सुरक्षित गरेको छ।आगामी वर्ष मञ्चको अधिवेशनको वर्षसमेत रहेकाले नयाँ नेतृत्वले अझै रचनात्मक र सिर्जनात्मक रूपमा संस्थालाई अगाडि बढाउने विश्वास उनले व्यक्त गरे।

नेपाल पत्रकार महासङ्घ कास्कीका कार्यवाहक अध्यक्ष माधव रेग्मीले पत्रकारिता क्षेत्रमा हुने अवार्ड कार्यक्रमलाई पोखराको विशिष्ट पहिचान वा ब्रान्ड का रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। अवार्डलाई थप भव्य र व्यवस्थित बनाउन सबै पक्षबीचको सहकार्य र एकता आवश्यक रहेको उनले उल्लेख गरे।

यसलाई पोखराको एउटा ब्रान्ड कार्यक्रम बनाउनका लागि तपाईँ, हामी सबैको सहकार्य र एकताका साथ अगाडि बढ्नुपर्छ, उनले भने।मञ्चका पूर्वअध्यक्ष केशव पाठकले पोखरा स्पोर्ट्स अवार्ड को सफलता र गरिमालाई अझ उचाइमा पुर्‍याउन संस्थागत पारदर्शिता र नियमित समीक्षा अनिवार्य रहेको बताए।

पाठकले कुनै पनि ठूला आयोजना वा कार्यक्रमको वास्तविक सफलता त्यसको आर्थिक पारदर्शितामा निर्भर रहने उल्लेख गरे। उनले मञ्चले हरेक वर्ष अवार्ड सम्पन्न भएपछि सार्वजनिक रूपमा आय–व्ययको विवरण प्रस्तुत गर्ने परम्परा बसालेर सुशासन र जवाफदेहिताको उदाहरण प्रस्तुत गरेको बताए।

आर्थिक पक्ष स्पष्ट र पारदर्शी हुँदा दाता, प्रायोजक र शुभेच्छुकहरूको संस्थाप्रतिको विश्वास थप बलियो हुने उनको भनाइ थियो। अवार्ड भव्य र सभ्य रूपमा सम्पन्न भए पनि केही प्राविधिक र व्यवस्थापकीय पक्षमा सुधार गर्दै आगामी दिनको खाका तयार गर्नुपर्ने सुझाव उनले दिए।

मञ्च गण्डकीका पूर्वअध्यक्ष एकराज गिरीले मञ्चले आयोजना गर्दै आएको स्पोर्ट्स अवार्ड लाई आगामी दिनमा अझ परिस्कृत र अपनत्वपूर्ण बनाउनुपर्नेमा जोड दिए।अवार्डको दशौँ संस्करणसम्म आइपुग्दा यसले ठूलो आर्थिक कारोबार र प्रभाव जमाउन सफल भएको उल्लेख गर्दै गिरीले आगामी दिनमा यसको गरिमालाई अझ उचाइमा पुर्‍याउनुपर्ने धारणा राखे।

अवार्डका परिकल्पनाकार सन्देश श्रेष्ठले यसको गरिमा र भविष्यबारे आफ्नो धारणा राखे।उनले झन्डै ५ लाख रुपैयाँ को न्यून बजेटबाट सुरु गरिएको यो अभियान अहिले ३५ लाख रुपैयाँ सङ्कलन तथा परिचालन गर्न सक्ने हैसियतमा पुगेको गौरवको विषय भएको बताए।अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यका साथ सुरु भएको यो कार्यक्रम अहिले एउटा स्थापित ब्रान्ड का रूपमा विकास भएको उनको भनाइ थियो।बचत भएको रकम फ्रिज गरेर मात्र राख्नु हुँदैन, यसलाई खेलकुद पत्रकारहरूको व्यावसायिकता र विश्लेषणात्मक समाचार लेख्ने क्षमता अभिवृद्धिमा लगानी गर्नुपर्छ।

Previous Post

मानव बेचबिखनविरुद्ध जुट्ने सामूहिक प्रतिबद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन