• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमद्बीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु

नीतिप्रेस by नीतिप्रेस
August 4, 2026
in समाचार
0
पोखराको रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमद्बीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।
पोखरा८, रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आध्यात्मिक चेतना विस्तार गर्ने उद्देश्यले एक महिने श्रीमद्बीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन अनुष्ठान प्रारम्भ भएको छ । आगामी भदौ १९ गतेसम्म सञ्चालन हुने उक्त धार्मिक कार्यक्रमको पोखरा महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष रुद्रनाथ बरालले एक विशेष समारोहका बीच उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडाध्यक्ष बरालले यस मन्दिरले वार्षिक रूपमा आयोजना गर्दै आएको श्रीमद्बीतक चर्चाले समाजमा आध्यात्मिक जागरण ल्याउनुका साथै आत्मिक शान्तिका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरको पुनर्निर्माण र संरक्षणमा पोखरा महानगरपालिका वडा नं. ७ र ८ ले विगतदेखि नै निरन्तर सहयोग पु¥याउँदै आएको स्मरण गराउँदै उनले आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे । साथै, एक महिनासम्म चल्ने यस आध्यात्मिक अनुष्ठानमा सहभागी भई लाभ उठाउन उनले सम्पूर्ण वडाबासीलाई आह्वानसमेत गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्यले महानगरभित्र अनेकौँ कृष्ण मन्दिरहरू रहे तापनि रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरले निरन्तर रूपमा एक महिने लामो श्रीमद्बीतक चर्चा तथा कथा प्रवचनको आयोजना गर्नु आफैँमा चुनौतीपूर्ण र प्रशंसनीय कार्य भएको बताए । उनले यस पुण्य कार्यमा सहभागी भएर मन्दिर सञ्चालक समितिको उत्साह बढाउन श्रद्धालुहरूलाई आग्रह गर्दै वडाको तर्फबाट आवश्यक सहयोग सदैव रहने विश्वास दिलाए ।
आध्यात्मिक कार्यक्रममा प्रमुख वाचक साधक राज रसिक महाराजले श्रीमद्बीतक चर्चा एवं श्रीकृष्ण कथाबाट आफ्नो मनलाई शान्ति बनाउन र परिवर्तन गराउन भुमिका खेल्ने भएकाले यसमा सहभागी भइ लाभ लिन आग्रह गरे ।

श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय सदस्य पुरुषोत्तम रेग्मीले विगतका वर्षहरूको परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि महिनाव्यापी अनुष्ठान आयोजना गरिएको उल्लेख गर्दै अघिल्ला वर्षहरूमा जस्तै यस पटक पनि सम्पूर्ण भक्तजनहरूबाट उदार सहयोग र साथको अपेक्षा गरिएको बताए ।
श्रीकृष्ण प्रणामी मन्दिरका अध्यक्ष मोहन प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन समारोहमा श्रीकृष्ण प्रणामी सेवा समिति कास्कीका जिल्ला अध्यक्ष कृष्ण ढुंगाना, बाइजूराज जिल्ला अध्यक्ष रुकमिना बराल, कार्यक्रम संयोजक प. लीलामम्बर सापकोटा तथा प्रशासनिक उपाध्यक्ष गोपाल ठकुरी लगायतका वक्ताहरूले अनुष्ठानको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन मन्दिर समितिका सचिव लक्ष्मण बरालले गरेका थिए ।

एक महिनासम्म निरन्तर सञ्चालन हुने यस आध्यात्मिक कार्यक्रममा प्रमुख वाचकका रूपमा साधक राज रसिक महाराजले रसमयी कथा प्रवचन तथा बीतक चर्चा प्रस्तुत गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

Previous Post

इन्धनको मूल्य फेरि बढ्यो, पोखरासहित प्रमुख सहरमा पेट्रोल डिजेल २०० रुपैयाँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन