• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा सार्वजनिक भयो टीभीएस अरबिटर ईभी, १५८ किलोमिटर रेन्ज र ३४ लिटर बुट स्पेस

नीतिप्रेस by नीतिप्रेस
August 9, 2026
in समाचार
0
पोखरामा सार्वजनिक भयो टीभीएस अरबिटर ईभी, १५८ किलोमिटर रेन्ज र ३४ लिटर बुट स्पेस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । टीभीएस मोटर कम्पनीले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस अरबिटर ईभी पोखरामा सार्वजनिक गरेको छ। जगदम्बा मोटर्सको आधिकारिक बिक्री सञ्जालमार्फत सार्वजनिक गरिएको अरबिटरलाई कम्पनीले सहरी यात्राका लागि स्मार्ट, दिगो र सुविधाजनक विद्युतीय मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ।

कम्पनीका अनुसार अरबिटरमा ३.१ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ, जसले १५८ किलोमिटरको आइडीएस रेन्ज प्रदान गर्छ। स्कुटरमा क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, पार्किङ असिस्ट, रिजेनेरेटिभ ब्रेकिङ तथा इको र पावर मोडजस्ता सुविधा उपलब्ध छन्।

अरबिटरको प्रमुख विशेषतामध्ये १४ इन्चको फ्रन्ट ह्विल रहेको छ। कम्पनीले यसलाई उद्योगमै पहिलो १४ इन्च फ्रन्ट ह्विल भएको इलेक्ट्रिक स्कुटरका रूपमा प्रस्तुत गरेको छ। ठूलो अगाडिको पांग्राले विभिन्न सडक अवस्थामा स्थिरता, ग्रिप र ह्यान्डलिङ सुधार गर्ने कम्पनीको दाबी छ।

त्यस्तै, स्कुटरमा ३४ लिटरको अन्डरसिट स्टोरेज उपलब्ध छ, जसमा दुईवटा हेल्मेटसमेत राख्न सकिने कम्पनीले जनाएको छ। ८४५ मिलिमिटर लामो फ्ल्याटफर्म सिट र २९० मिलिमिटरको स्ट्रेट लाइन फुटबोर्डले चालक तथा पछाडि बस्ने यात्रुलाई पर्याप्त आराम र लेगरुम उपलब्ध गराउने बताइएको छ।

प्रविधितर्फ अरबिटरमा कनेक्टेड मोबाइल एप, कल तथा एसएमएस अलर्टसहितको कलर एलसीडी डिजिटल क्लस्टर, टर्नबाइटर्न नेभिगेसन र ओटीए अपडेटको सुविधा रहेको छ। मोबाइल एपमार्फत ब्याट्री चार्जको अवस्था तथा ओडोमिटरको विवरणसमेत टाढैबाट जाँच गर्न सकिने कम्पनीले जनाएको छ।

सुरक्षालाई पनि प्राथमिकता दिइएको अरबिटरमा दुर्घटना वा स्कुटर ढलेको अवस्थामा अलर्ट, चोरी तथा टोइङ अलर्ट, जियोफेन्सिङ, टाइमफेन्सिङ र लाइभ लोकेसन ट्र्याकिङजस्ता स्मार्ट सुरक्षा सुविधा समावेश छन्।

स्कुटरमा १६९ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, एलईडी हेडलाइट, एजटुएज कम्बिनेसन ल्याम्प र यूएसबी चार्जिङ पोर्टसमेत उपलब्ध छन्।

कार्यक्रममा स्क्वायर मोटर्सका अध्यक्ष आदर्शमान श्रेष्ठले टीभीएस आईक्युबको सफलतापछि अरबिटरले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारमा कम्पनीको उपस्थितिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले देशव्यापी बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई सहज खरिद तथा स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको बताए।

त्यस्तै, जगदम्बा मोटर्सका नेसनल सेल्स हेड सुशान्त आचार्यले नेपाली ग्राहकको आवश्यकता तथा नेपालको विविध सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर अरबिटरको परीक्षण गरिएको बताए। उनका अनुसार स्कुटरमा आकर्षक डिजाइनसँगै प्रविधि, आराम, उपयोगिता र कार्यसम्पादनलाई प्राथमिकता दिइएको छ।

टीभीएस अरबिटर नेपालमा नियोन सनब्रस्ट, कस्मिक टिटानियम र मार्टिन कपर गरी तीन रंगमा उपलब्ध हुनेछ।

कम्पनीले अरबिटरको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ। नयाँ मोडलको सार्वजनिकसँगै टीभीएसले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारमा आफ्नो उत्पादन पोर्टफोलियो थप विस्तार गरेको छ।

Previous Post

पार्टी प्रवेश गर्ने बित्तिकै रास्वपाबाट उम्मेदवार हुन नपाइने

Next Post

नेपाली भाषा कौशल प्रतियोगितामा ग्लोबल कलिजियट प्रथम स्थानमा

Next Post
नेपाली भाषा कौशल प्रतियोगितामा ग्लोबल कलिजियट प्रथम स्थानमा

नेपाली भाषा कौशल प्रतियोगितामा ग्लोबल कलिजियट प्रथम स्थानमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन