• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आश्वासन होइन, परिणाम दिने नेतृत्व- शोभा गौतम प्यानलको प्रतिबद्धता

नीतिप्रेस by नीतिप्रेस
August 30, 2026
in समाचार
0
आश्वासन होइन, परिणाम दिने नेतृत्व- शोभा गौतम प्यानलको प्रतिबद्धता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशन तथा ७२ औँ वार्षिक अधिवेशनको अवसरमा शनिबार आयोजित उम्मेदवार परिचय कार्यक्रममा शोभा गौतम नेतृत्वको प्यानलबाट विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूले उद्योगी व्यवसायीको हित, संस्थागत सुदृढीकरण र पोखराको आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष पदकी उम्मेदवार शोभा गौतमले आफूले संघमा अहिलेसम्म सम्हालेका हरेक पदलाई पदका रूपमा नभई सेवाको अवसरका रूपमा लिएको बताउँदै अब नेतृत्वको जिम्मेवारी पाए उद्योगी व्यवसायीको हितमा परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाइन् । उनले आश्वासनभन्दा परिणाम दिने आफ्नो प्राथमिकता रहेको बताउँदै आफ्नो टिमलाई नै विजयी गराउन आग्रह गरिन् ।

२६ वर्षअघि संघकै अगाडि रहेको सानो चियापसलबाट व्यवसायिक यात्रा सुरु गरेको स्मरण गर्दै गौतमले संघर्ष, चुनौती र असफलताबाट सिक्दै आज अध्यक्ष पदको उम्मेदवारसम्म आइपुगेको बताइन् । २६ वर्षको व्यवसायिक अनुभवसँगै पोखरा उद्योग वाणिज्य संघमा प्राप्त संस्थागत अनुभवलाई आत्मसात गर्दै आफू निर्वाचनमा होमिएको उनको भनाइ थियो । उनले आफूलाई महिला व्यवसायी दिदीबहिनीहरूको प्रतिनिधिका रूपमा समेत उभ्याएको बताइन् ।

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार टीकाराम सुवेदीले संघको कार्यसमितिमा दुई कार्यकाल काम गरेको अनुभवलाई अब नेतृत्वमा उपयोग गर्ने बताए । माछापुच्छ्रे ट्रेड लिंक एण्ड सप्लायर्सका सञ्चालकसमेत रहेका सुवेदीले पोखरालाई पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा गुणस्तरीय पर्यटन भित्र्याउन संघले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । कृषि र पर्यटनलाई जोडेर अघि बढ्न सके आर्थिक समृद्धिको आधार बलियो हुने उनको धारणा थियो । उनले टिममा एकताबद्ध भएर संघको साख जोगाउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

उद्योग उपाध्यक्ष पदका उम्मेदवार सौगात थापाले युवा व्यवसायीको आवाजलाई संघको नेतृत्व र निर्णय प्रक्रियासम्म पु¥याउने उद्देश्यले आफ्नो उम्मेदवारी रहेको बताए । अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक थापा बैगचा वेलनेस रिसोर्ट र पोखरा ट्रेडमलको व्यवस्थापनमा समेत प्रत्यक्ष संलग्न छन् । व्यवसाय सञ्चालनका क्रममा व्यवसायीले दैनिक रूपमा भोग्ने समस्या, चुनौती र अवसरलाई नजिकबाट अनुभव गरेको बताउँदै थापाले युवालाई व्यवसायमा आउन प्रोत्साहन गर्नुका साथै नेतृत्व र नीति निर्माणमा समेत जोड्नुपर्ने बताए । आजको युवा रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने क्षमता राख्छ, भन्दै उनले प्रविधिको प्रयोग, नयाँ व्यवसाय र नयाँ बजार खोज्ने युवाको क्षमतालाई संघले अवसरका रूपमा लिनुपर्ने धारणा राखे ।

वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार भीम गौतमले व्यवसायीको अप्ठ्यारोमा हिजो पनि साथमा रहेको र आगामी दिनमा पनि निरन्तर साथ दिने प्रतिबद्धता जनाए । युनिक लेडिज फेसनका सञ्चालक गौतमले घरबेटीका कारण समस्यामा परेका व्यवसायीको आवाज बन्ने र साना तथा मझौला व्यवसायीको हकहितका लागि सक्रिय रूपमा काम गर्ने बताए । वर्तमान कार्यसमितिमा रहेर प्राप्त अनुभवलाई आगामी कार्यकालमा उपयोग गर्ने उनको भनाइ थियो ।

महासचिव पदका उम्मेदवार तारानाथ ढुंगानाले व्यवसायलाई व्यक्तिगत पेशाका रूपमा मात्र नभई रोजगारी, राजश्व, परिवारको भविष्य र समग्र अर्थतन्त्रसँग जोडिएको क्षेत्रका रूपमा बुझ्नुपर्ने बताए । तारा सुमन सप्लायर्सका सञ्चालक ढुंगानाले व्यवसायीको समस्या साझा समस्या भएकाले त्यसको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र पहल गर्ने प्रतिबद्धता जनाए । महासचिवको जिम्मेवारी व्यवसायीको आवाज सम्बन्धित निकायसम्म पु¥याउने महत्वपूर्ण भूमिका भएको उनको भनाइ थियो ।

कोषाध्यक्ष पदका उम्मेदवार जीवन प्रकाश श्रेष्ठले संघको आर्थिक गतिविधिलाई चलायमान बनाउँदै आर्थिक कारोबारलाई पारदर्शी बनाउने प्रतिबद्धता जनाए । जीवन सोफा कभर एण्ड डेकोरेशन सिस्टमका सञ्चालक श्रेष्ठ यसअघि खुला सदस्यमा निर्वाचित भई काम गरिसकेका छन् । संघको साख जोगाउँदै उद्योगी व्यवसायीका समस्या समाधानका लागि सक्रिय भएर काम गर्ने उनले बताए ।

त्यस्तै, उपमहासचिव पदका उम्मेदवार यादव प्रसाद पोखरेलले युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने नीति र कार्यक्रमलाई प्राथमिकता दिने बताए । नविन फेन्सी स्टोर्सका सञ्चालक पोखरेलले सीप, प्रविधि, लगानी र बजारलाई उद्यमशीलतासँग जोडेर अघि बढ्नुपर्ने धारणा राखे । व्यवसायीका समस्या समाधानका लागि सरकारी निकायसँग साझेदारी र समन्वय गर्ने तथा बैंकबाट सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न पहल गर्ने उनको प्रतिबद्धता थियो ।

उम्मेदवार परिचय कार्यक्रममा शोभा गौतम नेतृत्वको प्यानलका उम्मेदवारहरूले व्यवसायीको समस्या सुन्ने मात्र नभई समाधानका लागि पहल गर्ने, युवा र नयाँ पुस्तालाई व्यवसायमा जोड्ने, संघको संस्थागत साख र आर्थिक पारदर्शिता कायम गर्ने तथा पोखराको समग्र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका बलियो बनाउने विषयलाई मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गरेका थिए ।

भदौ २० र २१ गते हुने संघको महाधिवेशनमा गौतम नेतृत्वको प्यानलले आफूलाई अनुभव, नयाँ ऊर्जा र परिणाममुखी कार्यको संयोजनसहितको टिमका रूपमा प्रस्तुत गर्दै उद्योगी व्यवसायीको मत र समर्थन मागेको छ ।

Previous Post

गोगन माविलाई बस्नेत परिवारद्वारा २५ लाख ५५ हजार ५ सय रुपैयाँ हस्तान्तरण स्व. भक्तबहादुर बस्नेतको योगदानको स्मरण

Next Post

भोटेकोशी बाढीपीडितको राहतका लागि पाल्पाली समाज पोखराद्वारा १ लाख ११ हजार सहयोग

Next Post
भोटेकोशी बाढीपीडितको राहतका लागि पाल्पाली समाज पोखराद्वारा १ लाख ११ हजार सहयोग

भोटेकोशी बाढीपीडितको राहतका लागि पाल्पाली समाज पोखराद्वारा १ लाख ११ हजार सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन