टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगानले दक्षिणी सीमानामा सुरक्षा कोरिडोर निर्माण गरेर टर्कीले सफलतापूर्वक आतंकवादबाट आफूलाई जोगाएको बताउनुभएको छ । उहाँले दक्षिणी सिमानामा निर्माण गर्न थालेको सुरक्षा करिडोरले आतंकवादीबाट बचाउने बताउनु भयो ।
टर्कीका सेनाहरूले प्रायः उत्तरी इराकमा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लडाकुहरू र सिरियन कुर्दिश पिपुल्स प्रोटेक्सन युनिट (वाईपीजी) लडाकुहरू विरुद्ध सीमापार कारबाही गर्दछन् ।
क्रस–बोर्डर बफर जोनको उद्देश्य दुवै देशबाट कुर्दिश पृथकतावादको खतरासँग लड्नको लागि भएको बताउनु भयो ।