• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

राष्ट्रिय सरोकारमा ग्याल्जेन शेर्पा र सुशासन समिति सभापति कमला पन्त हुने पक्का

नीतिप्रेस by नीतिप्रेस
March 16, 2024
in Uncategorized
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा ग्याल्जेन शेर्पाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।


शनिवार सिंहदरबारस्थित राष्ट्रिय सभाको संसद सचिवालयमा पुगेर उहाँले मनोनयन दर्ता गराउनुभएको हो । त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको मनोनयन परेको छ । यससँगै एउटा समितिमा दाबेदारीका लागि एक-एक जनाले मात्रै उम्मेदवारी मनोनयन गराएसँगै निर्बिरोध निर्वाचित हुनुभएको छ । यद्यपि आधिकारिक रुपमा आईतवारमात्रै्र घोषणा हुने संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताउनु भयो । उहाँले राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका तत्कालीन सभापतिहरुको कार्यकाल सकिएसँगै नेतृत्व रिक्त रहेको थियो । राष्ट्रिय सभा नियमावली, दोस्रो संशोधन नियमावलीले सभापतिको पद रिक्त भएको मितिले १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने भन्ने व्यवस्था गरेअनुसार यही ५ गतेभित्र निर्वाचन गरिसक्नुपर्ने नियमावलीमा व्यवस्था भएअनुसार निर्वाचन गर्न लागिएको बताउनु भयो । उहाँले संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उक्त समितिको सभापतिका लागि ग्याल्जेन शेर्पालाई सभापतिको रुपमा गोपीबहादुर सार्की अछामीले प्रश्ताव गर्नुभएको छ भने इन्दिरादेवी गौतम र दुर्गा गुरुङले उक्त प्रश्तावलाई समर्थन गर्नुभएको छ । त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्य कमला पन्तलाई सोही समितिका सदस्य नारायणदत्त भट्टले प्रश्ताव गर्नुभएको छ भने उक्त प्रश्तावलाई मान्य शारदादेवी भट्टले समर्थन गर्नुभएको छ । सहायक प्रवक्ता धमलाले आईतवार सभापति निर्वाचित गर्न र औपचारिक रुपमा घोषणा गर्नका लागि विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक २ बजे र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक १ बजेको लागि बैठक बोलाइएको बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिहरुमा सभापति पद रिक्त भएको थियो । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका तत्कालीन सभापतिहरुको यही फागुन २० गते कार्यकाल समाप्त भएर पद रिक्त भएको थियो । अहिलेको राष्ट्रिय सभा नियमावली, दोस्रो संशोधन नियमावलीले सभापतिको पद रिक्त भएको मितिले १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने भन्ने व्यवस्था गरेअनुसार यही ५ गतेभित्र निर्वाचन गरिसक्नुपर्ने हाम्रो नियमावलीको व्यवस्था छ । सोही बमोजिम आज सभापतिको लागि प्रश्ताव गर्नुपर्ने प्रश्तावको सूचना दिनुपर्ने म्याद निर्धारण गरिएको थियो, यसैअनुसार दुवै समितिमा सभापतिको लागि उम्मेदवारहरुको नाम प्रश्ताव हुन आएको छ । मनोननय दर्ता भएको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उक्त समितिका मान्य सदस्य ग्याल्जेन शेर्पालाई सभापतिको रुपमा माननीय गोपीबहादुर सार्की अछामीले प्रश्ताव गर्नुभएको छ भने मान्य इन्दिरादेवी गौतम र दुर्गा गुरुङ उक्त प्रश्तावलाई समर्थन गर्नुभएको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिका मान्य सदस्य कमला पन्तलाई सोही समितिका मान्य सदस्य नारायणदत्त भट्टले प्रश्ताव गर्नुभएको छ । उक्त प्रश्तावलाई मान्य शारदादेवी भट्टले समर्थन गर्नुभएको छ । यसअनुसार भोलि दुवै समितिमा आफ्ना आफ्ना बैठक हुन्छन् । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक २ बजे र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक १ बजेको लागि बोलाएको छ । उक्त बैठकहरुमा सभापतिका लागि नियमावलीको व्यवस्थाबमोजिम निर्वाचन हुन्छ । निर्वाचनको सवालमा नियमावलीमा एउटा मात्रै प्रश्ताव दर्ता हुन आएमा निर्बिरोध निर्वाचन हुने व्यवस्था छ । दुवै समितिमा निर्बिरोध निर्वाचित हुने निश्चित भएको छ ।’

उहाँले आईतवारको बैठकमा सभापतिका लागि नियमावलीको व्यवस्थाबमोजिम निर्वाचन हुने बताउनु भयो । निर्वाचनको सवालमा नियमावलीमा एउटा मात्रै प्रश्ताव दर्ता हुन आएमा निर्बिरोध निर्वाचन हुने व्यवस्था रहेकाले दुवै समितिमा निर्बिरोध निर्वाचित हुने निश्चित भएको बताउनु भयो । 

Previous Post

लेबनानमा हमास सदस्य मारिए

Next Post

चैत्र ४ गते पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी

Next Post

चैत्र ४ गते पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन