• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सहकारी पीडितलाई न्याय दिन नसके सरकारको औचित्य छैनः सांसद परियार

नीतिप्रेस by नीतिप्रेस
March 18, 2024
in अन्य, नेपाली समाचार आजको, फिचर, राजनीति, लेख / आलेख, विचार, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसका सांसद जीवन परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकारको औचित्य नहुने बताउनुभएको छ । 


सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकार र संसदको औचित्य नहुने बताउनुभएको हो । उहाँले सहकारी पीडितहरुले आफूहरुले न्याय कहिले पाउँछौँ भनेर सोधिरहेको उल्लेख गर्दै उनीहरुलाई न्याय दिलाउन नसक्दा बालेन साह र हर्क साम्पाङहरुले समेत गिज्याइरहेका बताउनु भयो । उहाँले हरेक घटनाका पीडितहरुले काठमाडौं आएर आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै सम्बन्धित ठाउँमा नै समस्याको समाधान गर्नसक्ने अवस्था बन्नुपर्ने बताउनु भयो । 


उहाँले भन्नुभयो – ‘ति लाखौँलाख सहकारी पीडतहरुलाई न्याय दिलाउन नसक्ने हो भने हामी यो सरकारमा बस्नुको कुनै औचित्य रहँदैन । हामीलाई सहकारी पीडितले न्याय कहिले पाउँछौँ भनेर भनिरहेका छन् । बालेन र हर्कहरुले पनि हामीलाई गिज्याइरहेका छन् । हामी सत्तामा छौँ । सरकारमा छौँ । संघीय संसदमा छौँ । संसदमा बसेर हामीले कुरा उठाउँदै गर्दा पीडितले न्याय कहिले पाउने ? हजारौँ सहकारी पीडितहरुले काठमाडौंको सडकमा आएर आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । हरेक घटनाहरु हुन्छन् र हरेक घटनापछि आम जनताहरु सडकबाट पैदल यात्रा गरेर काठमाडौं शहरमा आएर आन्दोलन गर्नुपर्ने अवस्था हामीले कहिलेसम्म गर्ने हो ? जतिसुकै घटनाहरु घट्छन्, तत्तत्ः ठाउँमा नै समस्याको समाधान दिन सकेनौँ भने संसद र सरकारको कुनै औचित्य रहदैन । सुन प्रकरणमा आयोगको प्रतिवेदनबाट, छानविनबाट जोसुकै दोषि हुन्, ति दोषिले कारबाही भोग्नुपर्छ । चाहे ठुलो माछा होस् । चाहे सानो माछा । कारबाही गर्नेकुरा सरकारको कुरा हो । दोषिहरु कोही नछुटुन् । हिजोअस्ति मात्रै जीवन चलाउने नाम गरेका व्यक्तिले दिल्लीबाट एउटा सनसनीपूर्ण भिडियो र अडियो रेकर्ड सार्वजनिक भएको छ । यदि जीवन चलाउनेले भनेको कुरा सत्य हो भने हामीले त्यसबारेमा छानविन गर्नुपर्छ कि पर्दैन ? जीवन चलाउनेले भनेको यदि सत्य हो भने सिआइबिकै पदाधिकारीहरुले ६० लाख, ३० लाख बार्गेनिङ कसरी गरे ? आइजिपी बनाउँदाखेरी मलाई एक करोड पैसा चाहिन्छ भनेर एएटा व्यापारीसँग मोलाहिजा गर्ने काम कसरी हुँदैछ ? यदि यसरी नै सिआइबिबाट अथवा अन्य अनुसन्धान गर्ने निकायबाट यसरी फरार अभियुक्तबाट दिन दहाडै होटल रेस्टुरेण्टमा बसेर मोलमोलाइ गर्न थाले जनताले न्याय पाउने अवस्था रहँदैन । जीवन चलाउनेको भिडियो आएपछि हामी सशंकित छौँ ।’


उहाँले सुन तस्करी प्रकरणमा दोषि जो भएपनि कारबाही गर्नुपर्ने बताउनु भयो । 

Previous Post

इजिप्टका राष्ट्रपति र युरोपेली संघका नेताहरूबीच सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल

Next Post

समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन गराउन प्रतिवद्ध भइ काम गर्नेछुः सभापति पन्त

Next Post

समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन गराउन प्रतिवद्ध भइ काम गर्नेछुः सभापति पन्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन