पोखरा ,
विश्व रेडक्रसकाे अवसर पारेर पोखरा २६ युवा रेडक्रस सर्कलले सरसफाइ तथा वृक्षारोपण गरेको छ पोखरा २६ को चापाकाे चौर स्थित रेडक्रस परिसरमा विभिन्न जातिका फुल, बोटबिरुवाहरू रोप्ने तथा सरसफाइ कार्यक्रम गरिएको सर्कलका अध्यक्ष विकास रानाभाटले जानकारी दिएका छन् ।
मानवीय सेवामा तत्पर रेडक्रस ले सेवा गर्दै आएको हुनाले आफ्नो स्थापना दिवसमा कार्यक्रम गरेको उनले बताए कार्यक्रममा नेरेसाे पोखरा २६ उपशाखाका सभापति शैलेन्द्र मोहन भट्टराई , जुनियर युवा उपसमिति कास्की सदस्य एल पि ढुङ्गाना , उपशाखाका सचिव एवं युरेस संरक्षक महेन्द्र ढुङ्गाना, लगाएले रेडक्रस एक विशुद्ध मानवीय सेवामा समर्पित संस्था भएकाले मानव समाजमा भएका सामाजिक कार्यमा सधैँ समर्पित रहेको जानकारी गराए ।