Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

भ्रष्टाचार बिरुद्धको कारबाहीको डरले सरकार फेरबदल हुन लाग्योः सांसद पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले भूटानी शरणार्थी प्रकरण र गिरिबन्धु टिस्टेटको फाइल खोल्न लागेपछि सरकार परिवर्तन हुन लागेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद पराजुलीले भूटानी शरणार्थी प्रकरणको फाइल र गिरिबन्धु टिस्टेटको फाइल अगाडी बढाउन लागेपछि एमाले र काँग्रेस डराएका बताउनुभएको हो । एमाले र काँग्रेसलाई आफूहरु बँचिदैन भन्ने लागेपछि सत्ता परिवर्तन हुन लागेको उहाँको भनाई छ । उहाँले नयाँ सत्ता समिकरण बनाउनुमा आफू र आफ्नाहरुलाई भ्रष्टाचारविरुद्धको कारबाहीबाट बचाउनु बाहेक अरु कुनै स्वार्थ नभएको बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘सबैभन्दा अचम्म र लाजमर्दो विषय त यस्तो विपद् र वर्षाको समयमा जिम्मेवार भनिएका राजनीतिक दलहरु व्यक्तिगत स्वार्थ र भ्रष्टाचार विरुद्धको कारबाहीको डरको कारण सरकार फेरबदल र समीकरणमा लागेका छन् । विगत ३३÷३४ वर्षदेखि गरिब र निर्दोष जनतालाई निरन्तर शोषण र लेकका खरी जुकाले रगत चुसे जस्तोगरी निमुखा जनतालाई चुसिरहेका राजनीतिक दलहरु यस्तो विपद्को समयमा एक ठाउँमा उभिएर जनतालाई राज्य भएको महशुस दिनु त कता हो कता विभिन्न स्वार्थ पूरा गर्न र निमुखा जनतालाई बाढीमा मर्न छोडिदिएर सरकार परिवर्तनमा लागेका छन् । अनि त्यो परिवर्तन केवल आफु र आफ्नाहरुलाई भ्रष्टाचारविरुद्धको कारबाहीबाट बचाउन बाहेक अरु कुनै स्वार्थ छैन । नेताज्यूहरु भाषण त गज्जब गर्नुहुन्छ, प्रतिपक्षमा रहँदा गिरिबन्धुका फाइल खोलियोस् भन्नुहुन्छ । ०४७ यताका भ्रष्टाचारका सबै फाइल खोल्नुपर्छ भनेर प्रश्ताव संसदमा दर्ता पनि गराउनुहुन्छ । छलफल चलाऔँ भनेको छु तर कहिले अगाडी बढेन । गिरिबन्धुको फाइल खोलौँ भन्नेहरु र भूटानी शरणार्थी प्रकरणको कारबाही अगाडी बढाउने बित्तिकै अब हामी कोही बच्दैन रहेछौँ है, गृहमन्त्रालय एक्शनमा उत्रेको रहेछ अब बँचिदैन भन्ने डरले निकै कडा रुपमा डेरा जमाएको महशुस भएको छ ।’ 

उहाँले प्रतिपक्षमा हुँदा ०४७ सालपछिका भ्रष्टाचारका सबै फाइलहरु खोल्नका लागि प्रश्ताव दर्ता गरेपनि कारबाही अगाडी बढाएपछि डराएर सरकार परिवर्तनकै खेलमा लागेका बताउनु भयो । 

उहाँले प्रतिपक्षमा हुँदा ०४७ सालपछिका भ्रष्टाचारका सबै फाइलहरु खोल्नका लागि प्रश्ताव दर्ता गरेपनि कारबाही अगाडी बढाएपछि डराएर सरकार परिवर्तनकै खेलमा लागेका बताउनु भयो । \

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist