Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

सार्वजनिक निकायबाट हुने हरेक गतिविधि पारदर्शी र खुला हुनुपर्छ ः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले सार्वजनिक निकायबाट हुने हरेक गतिविधि पारदर्शी र खुला हुनुपर्ने बताउनुभएको छ ।


सोमवार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको १८ औँ राष्ट्रिय सूचना दिवस विशेष समारोहमा बोल्दै उपराष्ट्रपति यादवले लोकतन्त्रमा सार्वजनिक निकायबाट भएका हरेक गतिविधि पारदर्शी र खुला हुनुपर्ने बताउनुभएको हो । उहाँले नागरिकले सूचना माग गरेको अवस्थामा प्रत्येक सार्वजनिक निकाय र कार्यरत पदाधिकारीले तत्कालै उपलब्ध गराउन सक्नुपर्ने बताउनु भयो । उहाँले सूचनाको हकलाई विश्वभर सर्वसाधारण नागरिकका लागि आवश्यक अधिकारका रुपमा स्वीकार गरिएको उल्लेख गर्नुभयो । उहाँले सूचनाको हक सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षले थप सजगता र सक्रियता साथ प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । उपराष्ट्रपति यादवले सूचनाको हकले सरकारी काम, कारबाहीहरुलाई पारदर्शी बनाउने पनि बताउनु भयो । उहाँले सूचनाको हकले सरकारी अधिकारीहरुलाई सेवा प्रवाहका लागि जवाफदेही बनाउँदै भ्रष्टाचार र अनियमिततालाई कम गर्न पनि सघाउने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘लोकतन्त्रमा सार्वजनिक निकायबाट भएका हरेक गतिविधि पारदर्शी र खुला हुनुपर्दछ । आम नागरिकले सुचना माग गरेको अवस्थामा प्रत्येक सार्वजनिक निकाय र कार्यरत पदाधिकारीले त्यो तत्कालै उपलब्ध गराउन सक्नुपर्दछ । सूचनाको हकलाई लोकतन्त्रमा सर्वसाधारण नागरिकका लागि अत्यन्त आवश्यक अधिकारका रुपमा विश्वभर नै स्वीकार गरिएको अवस्था छ । यस सन्दर्भमा सूचनाको हकको महत्व र उपादायता झनै बढी छ । अतः यस सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै पक्ष थप सजगता र सक्रियतासाथ अधिकतम प्रयासमा लाग्न सक्नुपर्दछ । सुचनाको हक विभिन्न कारणले महत्वपूर्ण छ, यसले सरकारी काम, कारबाहीहरुमा पारदर्शीतालाई सुनिश्चित गर्दछ । आम नागरिकलाई सरकार वा सरकारी निकायले कसरी काम गरिरहेको छ भन्ने जानकारी यसबाट प्राप्त गर्न सजिलो हुन्छ । यो हकले सरकारी अधिकारीहरुलाई सेवा प्रवाहका लागि जवाफदेही मात्रै बनाउँदैन भ्रष्टाचार र अनियमिततालाई कम गर्न पनि सघाउँदछ । सूचनाको हकले नागरिकको सशक्तिकरणमा पनि सहयोग पुग्दछ । यसले सरकारी नीति तथा कार्यक्रम बारे नागरिकहरुलाई जानकारी प्राप्त हुनुका साथै उनीहरुको अधिकारको रक्षा गर्न पनि त्यत्तिकै सघाउँदछ । यसले लोकतन्त्रलाई बलियो बनाउनुका साथै सामाजिक न्यायलाई बढावा पनि दिन्छ ।’


उपराष्ट्रपति यादवले राष्ट्रिय सूचना आयोगको प्रयासबाट नेपालमा सूचनाको हकले भ्रष्टाचारको खुलासा, सार्वजनिक सेवाहरुमा सुधार, नीतिहरुमा पारदर्शिता, सामाजिक न्याय र सशक्तिकरणमा सहयोग पु¥याएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist