Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

विपद् प्रभावितहरु पहिचान भएको तीन दिनभित्रै अस्थायी आवास बनाउन रकम निकासा हुन्छः गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् प्रभावितहरुको पहिचान गरी सरकारलाई तत्काल नाम उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिनुभएको छ ।


शनिवार मन्त्रालयलमा ३० दिनदेखि अनसनरत दीपक सिलवालको माग सम्बोधन गर्दै आमरण अनसन तोडिसकेपछि बोल्दै गृहमन्त्री लेखकले स्थानीय तहले विपद् प्रभावितहरुको नाम पहिचान गरेर पठाएको तीन दिनभित्रै अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउने बताउनुभएको हो । उहाँले त्यसको लागि स्थानीय तहले चाँडो भन्दा चाँडो लाभग्राही पहिचान गरेर संघ सरकारलाई नाम पठाउनुपर्ने बताउनु भयो । उहाँले अविरल वर्षाका कारणले देशभर बाढी र पहिरोका कारणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै सरकार गम्भीर भएर काममा लागेको बताउनु भयो । उहाँले विपद्बाट मृत्यु भएका मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लाहरुमा पैसा पठाइसकेको बताउनु भयो । चाँडो भन्दा चाँडो घरमै गएर पीडित परिवारलाई राहत दिने निर्णय भएको बताउनु भयो । उहाँले घाइतेको स्वास्थ्यलाभको लागि अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय भएको बताउनु भयो । उहाँले उद्धार, राहत, पुनःनिर्माण, पुनस्र्थापनाको सवालमा जस्तो पूर्णरुपले क्षति भएका घरको लागि तत्काल अस्थायी आवास बनाउन रकम निकासा गर्नेकुरा अघि बढेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हामी अहिले विपद्को अवस्थामा छौँ, धेरै पीडा छ । अविरल वर्षाका कारणले देशभर बाढी र पहिरोका कारणले ठूलो जनधनको क्षति भएको छ । अहिले जुन जनधनको क्षति भएको छ, त्यसमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । हामीले मृतकका परिवारलाई क्षतिपूर्ति भन्न त मिल्दैन । किनभने मृत्युको क्षतिपूर्ति हुँदै हुँदैन । म सबै मृतकप्रति हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु, परिवारजनमा समवेदना र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । हामीले मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लाहरुमा पैसा पठाइसकेका छौँ । चाँडो भन्दा चाँडो घरमै गएर पीडित परिवारलाई राहत दिने निर्णय भएको छ । तदनुरुप राहत दिने काम भइरहेको छ । घाइतेको स्वास्थ्यलाभको लागि अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेका छाँै । ज्यादा नोक्शानी भएका ठाउँहरुमा विपद्बाट भएका नोक्शानीको संकटग्रस्त क्षेत्र भनेर तोकेका छाँै । त्यसमा राज्यले सम्पूर्ण ध्यान केन्द्रित गर्नेछ । उद्धार, राहत, पुनःनिर्माण, पुनस्र्थापनाको सवालमा जस्तो पूर्णरुपले क्षति भएका घरको लागि तत्काल अस्थायी आवास बनाउन रकम निकासा गर्नेकुरा अघि बढेको छ । म सबै स्थानीय तहलाई के आग्रह गर्न चाहन्छु भने चाँडो भन्दा चाँडो लाभग्राही पहिचान गरेर पठाइदियो भने पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउन सक्छौँ ।’


प्रसव पीडामा परेको महिला र ज्यान जोखिममा परेका ग्रामिण भेगका नागरिकको स्वास्थ्य उपचारका लागि आपत्कालीन हेली उद्धारको माग राखि भदौ २१ गतेदेखि सिलवाल आमरण अनसन बस्नुभएको थियो । गर्भवती एवं सुत्केरी महिलाहरु विपद् एवं आकस्मिक घटनाका कारण घाइते भइ सघन उपचार आवश्यक भएका तत्कालीन सडक मार्गबाट उद्धार असम्भव वा सडक मार्गबाट उद्धार गर्दा समय धेरै लागि ज्यान जानसक्ने अवस्था रहेकाहरुको आपत्कालीन हवाई उद्धार गर्ने विषयमा सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist