Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

दशैँ लगायतका चाडपर्वहरु तडकभडक नगरी मनाउन आग्रहः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दशैँ लगायतका चाडपर्वहरु तडकभड्क नगरी मनाउन आग्रह गर्नुभएको छ । 
पूर्वराष्ट्रपति भण्डारीले दशैँ लगायतकाचाडपर्वहरुलाई परम्परागत संस्कृतिको रुपमा मान्नुपर्ने र यसको संरक्षण गर्नुपर्ने भएपनि यसलाई तडकभडकपूर्ण ढंगले मनाउन नहुने धारणा राख्नु भएको हो । न्युज एजेन्सीनेपालसँगको कुराकानीमा उहाँले बाढी, पहिरो र डुबानले देशमा ठूलो जनधनको क्षतिभएको बेला दशै आएपनि शोकाकुल परिवारजनमा खुशी छाउन नसकेको बताउनु भयो । उहाँले दशैं जस्ता चाडपर्वलाई पनि समय अनुकूल मनाउनुपर्ने बताउनु भयो । दशैँ जस्ता चाडपर्वहरुलेनेपालीहरुमा आपसी सदभाव, प्रेमलाई अझ थप सुदृढ गर्ने उल्लेख गर्दै पूर्वराष्ट्रपतिभण्डारीले त्यसले सामाजिक सदभाव कामय गर्न, सबै नेपालीमा भावनात्मक एकता कायम गर्न पनि सघाउपु¥याउने विश्वास व्यक्त गर्नुभयो । 
हाँले भन्नुभयो, ‘स्वदेश तथाविदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई म वडा दशैं विजयादशमीको यस सन्दर्भमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । वडा दशैंनेपालीहरुको महान र साझा पर्व पनि हो । विभिन्न समुदायले आफ्नै आफनैतरिकाले यो वडा दशैँ मनाई राखेको हुन्छ ।

यो हाम्रो मौलिक सांस्कृतिक पर्व हो ।यसको आर्थिक–सामाजिक र धार्मिक पनि केही महत्व छ । त्यसैले आफ्नो देशको एउटामौलिक संस्कृतिको हामीले जर्गेना गर्न, प्रवद्र्धन गर्न पनि यस्ता चाडबाडहरुलाई यसको जुनमहत्व छ त्यो अनुसार । र कहिलेकाँही समयम अनुकुल मनाउनुपर्ने, केही सुधारगर्नुपर्ने कुराहरु हुन्छ । अहिलेको सन्दर्भमा भन्दाखेरी देशका यो अप्रत्याशित वर्षाकोकारणले गर्दा बाढी, पहिरो, डुबानले निकै ठूलो मानवीय क्षति हुन गयो ।आर्थिक क्षति पनि हुन गयो । त्यसैले दशैंको मुखमानै यो कुराहरु भएको हुनाले गर्दाधेरैलाई शोकमा पनि पारेको छ । क्षयमा पनि पारेको छ । त्यसैले मेरोतर्फबाट भन्नुपर्दाचाडबाडहरुको निरन्तरता हाम्रो परम्परागत संस्कृतिलाई हामीले मान्नु पर्छ । सम्वद्र्धन गर्नुपर्दछ । तर धेरै तडकभडक ढंगले मनाउनु हुँदैन भन्ने मलाई लाग्छ । र म यही नै सबै दाजुभाई,दिदीबहिनीहरुलाई शुभकामना दिन चाहन्छु । यस्ता पर्वहरुले हाम्रो आपसी सदभाव, प्रेमलाईअझ थप सुदृढ गर्छ । चाडपर्वहरुको आफ्नै महत्व पनि छ । त्यसैले हाम्रो एउटा सामाजिकसदभाव कामय गर्नका लागि, भावनात्मक एकता कायम गर्न पनि यस्ता चाडबाडहरु महत्वका हुन्छन् । मेरो सबै जनालाई धेरैधेरै शुभकामना छ ।’


पूर्वराष्ट्रपति भण्डारीले दशैंजस्ता चाडपर्वले नेपालको मौलिक संस्कृतिको जर्गेमा पनि महत्वपूर्ण योगदान पु¥याएको बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist